पोखरा । गण्डकी प्रदेशमा आइतबार एकै दिन १ सय ६३ जनामा कोरोना पुष्टि भयो । सोमबार भने संख्या घटेर १ सय १ जनामा संक्रमण देखिएको छ । सोमबार ४ जनाको कोरोनाकै कारण मृत्यु भयो ।
कास्कीमा मात्र पनि आइतबार १ सय १४ जनामा कोरोना देखियो । सोमबार ६९ जनामा पोजेटिभ आयो भने कास्कीमै २ जनाको कोरोनाका कारण ज्यान गयो । सोमबार पोखरा २५ का ९१ वर्षीय पुरुषको मेडिप्लस हस्पिटलमा ज्यान गएको हो । उनलाई वैशाख ७ गते कोरोना पुष्टि भएको थियो । पोखरा १ की ५५ वर्षीया महिलाको पनि मेडिप्लस हस्पिटलमा उपचारकै क्रममा मृत्यु भएको हो । प्रदेशमा कोरोनाबाट ज्यान गुमाउनेहरु म्याग्दी र स्याङ्जाका १/१ जना छन् ।
रघुगंगा गाउँपालिका ३ का ७८ वर्षीय पुरुष र वालिङका ५८ वर्षीय पुरुषको पनि सोमबार उपचारकै क्रममा मृत्यु भएको हो । पछिल्लो समय संक्रमित र मृत्यु हुनेहरुको संख्याको ग्राफ दिनानुदिन बढिरहेको छ ।
प्रदेशमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या २ सय १५ पुगेको छ भने ९ सय ३७ जना सक्रिय संक्रमितको संख्या रहेको छ ।
पछिल्लो २४ घन्टामा देशभर थप ३ हजार ५५६ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । यस्तै थप १२ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमितको कुल ३ लाख ३ हजार ५ सय ६१ पुगेको छ । जसमध्ये गत २४ घण्टामा १२ सहित ३ हजार १ सय ७६ जनाको मृत्यु भएको छ भने हालसम्म २ लाख ७७ हजार ९ सय ५१ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घन्टामा ३ सय ७८ जना निको भएको मन्त्रालयले जनाएको छ ।
Related News
सम्बन्धित समाचार
सफल पोखरा म्याराथनमा दौडियो पोखरा
पुम्दीकोटमा दर्शक बढ्ने अपेक्षा
आहारारामा को होला च्याम्पियन ?
सराङकोट धार्मिक पर्यटकीय क्षेत्रः सञ्चारमन्त्री गुरुङ
पोखराको लभ्ली हिलमा गीता ज्ञानमहायज्ञ सुरु
hero news full width
मुख्य समाचार
पाेखरामा २० लाख पर्यटक भित्र्याउने लक्ष्य
पुराना रुख काट्नेलाई कारबाहीको माग
फागुन १, २०८१पाँचपल्टको विजेता थ्रि स्टारलाई रोक्दै ब्ल्याक बुल्स फाइनलमा
फागुन १, २०८१कर्मयोगी भक्तराज सम्मानित
फागुन १, २०८१ऐतिहासिक खेलमा सर्वाधिक विजेता पुलिसको जित
फागुन १, २०८१पोखराको फोहोर उठाउने सहमति, माग पूरा गर्न १५ दिनको अल्टिमेटम
फागुन १, २०८१