शिख माविमा छात्राबास शिलान्यास

Avatar आदर्श समाज सम्वाददाता
वैशाख १३, २०७८
building (3)

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ५ स्थित शिख माविमा नमुना छात्राबास भवन शिलान्यास गरिएको छ । गाउँपालिकाका अध्यक्ष डमबहादुर गर्बुजा पुनले आइतबार छात्राबास भवन शिलान्यास गरेका हुन् । छात्राबास भवनमा ३ तला र ३० कोठा हुनेछन् ।

छात्राबास उद्घाटनपछि अध्यक्ष गर्बुजा पुनले छात्राबास भवन निर्माणपछि दुर्गम क्षेत्रका विद्यार्थीलाई थप सहज हुने विश्वास व्यक्त गरे । गाउँपालिकाले शैक्षिक क्षेत्रको विकासलाई जोड दिएको उनको भनाइ थियो । उनले विद्यालयलाई शिक्षाको क्षेत्रमा अघि ल्याउन अन्नपूर्ण गाउँपालिकाले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए ।

भवनका लागि २ करोड रुपैयाँ लागत अनुमान गरी ठेक्का आह्वान गरिएकोमा ३०.०२ प्रतिशत घटेर ढोरपाटन निर्माण सेवा प्रालिले निर्माण जिम्मा पाएको छ । यही असार मसान्तभित्रमा भवन निर्माण सक्ने लक्ष्य रहेको विद्यालयका प्रधानअध्यापक केदार कार्कीले जानकारी दिए ।

विद्यालयमा कक्षा १ देखि १२ सम्म जम्मा २१५ जना विद्यार्थी अध्ययनरत छन् । विकट क्षेत्रका बालबालिकालाई विद्यालयमै खाने बस्ने सुविधासहित अध्ययनको व्यवस्था मिलाउने सामाजिक विकास मन्त्रालयको अवधारणाअनुसार आवासीय विद्यालय सञ्चालन गर्न लागिएको हो ।

Related News

सम्बन्धित समाचार

    • एसईई र कक्षा १२ को परीक्षा स्थगित

      Avatar आदर्श समाज सम्वाददाता वैशाख २७, २०७८
      पोखरा ।  राष्ट्रिय परीक्षा बोर्डले एसईई र कक्षा १२ को परीक्षा स्थगित गरेको छ। कोरोना महामारीको जोखिम र अधिकांश जिल्लामा…
    • सङ्क्रमणको जाेखिम बढ्यो, परीक्षा रोकिएन   

      Avatar आदर्श समाज सम्वाददाता वैशाख २१, २०७८
      लमजुङ । सङ्घीय सरकार र जिल्ला प्रशासन कार्यालयले कोभिड–१९ को जोखिमका कारण शैक्षिक संस्था बन्द गर्न दिएको निर्देशनलाई यहाँका केही…
    • वार्षिक परीक्षा स्थगित

      Avatar आदर्श समाज सम्वाददाता वैशाख २०, २०७८
      दमौली । नयाँ भेरियन्टसहितको कोभिड १९ संक्रमणको जोखिम बढ्दै गएपछि विद्यालयको वार्षिक परीक्षा स्थगित भएको छ । समुदायस्तरमा कोरोना भाइरसको…
    • गण्डकी विश्वविद्यालयको शैक्षिक भवन शिलन्यास

      Avatar कविराज खनाल वैशाख १४, २०७८
      लेखनाथ । बजारको माग एकातिर, पढाइ र जनशक्ति उत्पादन अर्कोतिर । बेरोजगारी समस्या उस्तै छ । युवापुस्ता भने रोजगारी खोज्दै विदेश…
    • देशभरका विद्यालय बन्द गर्ने मन्त्रिपरिषद्‍को निर्णय

      Avatar आदर्श समाज सम्वाददाता वैशाख १३, २०७८
      काठमाडाैं ।  सरकारले देशभरका विद्यालय बन्द गर्ने निर्णय गरेको छ। कोरोना भाइरस संक्रमणको दोस्रो लहर सुरु भएकाले यसको जोखिम न्यूनीकरणका…

    hero news full width

    Fishtail

    sanil ads

    wordlink ads