कास्कीमा पर्सिबाट निषेधाज्ञा, गाडीमा जाेरबिजोर- आदेशकाे पूर्णपाठसहित

आदर्श समाज सम्वाददाता
वैशाख १३, २०७८
cdo kaski

पोखरा । कोरोनाको महामारी फैलिँदै गएपछि कास्कीमा वैशाख १५ गतेबाट निशेधाज्ञा जारी गरेको छ ।

जिल्लामा सक्रिय कोरोना संक्रमित ६ सय भन्दा बढी रहेको, विद्यालयहरुमा कोरोना देखिएको र विरामीको संख्या थपिँदै गएपछि निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले बताए ।

उनका अनुसार १५ देखि २१ गतेसम्मका लागि अत्याश्यक कामवाहेक घरबाहिर हिँडडुल गर्न रोक लगाइएको छ ।
सबै प्रकारका सभा, सम्मेलन, गोष्ठी, तालिम, सेमिनार सञ्चालन गर्न, मानिस भेला हुन, भीडभाड गर्न सभाजुलुस गर्न जात्रा महोत्सव गर्न निषेध गरिएको छ ।

औषधी पसल २४ सै घन्टा खुला रहे पनि उपभोग्य, खाद्यान्न पसल, निर्माण सामग्री पसल बिहान ५ देखि बेलुका ८ बजेसम्म सञ्चालन गर्ने तर डिपार्टमेन्टल स्टोर्स, सपिङ मल र ठूला स्टोरहरु सञ्चालन नगर्न निर्देशन जारी गरेको छ ।
बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने दैनिक सेवा, नेपाल राष्ट्र बैंक प्रादेशिक कार्यालय पोखराको समन्वयमा शाखा प्रबन्धकले न्यूनतम कर्मचारीको उपस्थितिमा सञ्चालन हुने भएका छन् ।

होटेल रेस्टुरेन्ट बिहान ८ देखि बेलुका ८ बजेसम्म खोल्न पाइने भए पनि टेक अवे सेवामा मात्र सञ्चालन हुने छ ।
सार्वजनिक तथा निजी गाडी जोरबिजोर चलाउनुपर्ने भएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width