त्रिविका सबै परीक्षा अनिश्चितकालका लागि स्थगित

आदर्श समाज सम्वाददाता
वैशाख १३, २०७८
TU_building

काठमाडौं  ।  त्रिभुवन विश्वविद्यालयले सम्पूर्ण परीक्षा स्थगित भएको जनाएको छ। विश्वविद्यालयका आंगिक तथा सम्बन्धन प्राप्त क्याम्पसले सञ्चालन गरिरहेका स्नातक र स्नातकोत्तर तहका परीक्षा कोभिड १९को दास्रो लहरको बढ्दो प्रकोपका कारण स्थगित गर्नुपरेको त्रिवि परीक्षा नियन्त्रण कार्यालयले सूचनामार्फत जनाएको हो।

देशका विभिन्न सहरमा गरिएको लकडाउन र निषेध ‍आदेशका कारण सञ्चालनमा रहेका परीक्षा स्थगित गर्नुपरेको कार्यालयले जनाएको छ। यथास्थितिमा परीक्षा सञ्चालन गर्न नसकिने भन्दै त्रिवि केन्द्रीय परीक्षा सञ्चालक समितिको बैठकले परीक्षा स्थगित गर्ने निर्णय गरेको सूचनामा जनाइएको छ।

सिसिएमसीले आइतबार परीक्षा स्थगित गर्ने निर्णय गरेको भए पनि त्रिविले सोमबारका परीक्षा भने सञ्चालन गरेको थियो।

Related News

सम्बन्धित समाचार

hero news full width