फाइल तस्बिर
पोखरा । प्रदेश सभा सदस्य दीपक मनाङेले प्रदेश सभाको बैठकमा स्वतन्त्रका लागि अलग्गै ठाउँ मागेका छन् । उनी २०७४ मंसिर १० गते भएको प्रदेश सभा निर्वाचनमा मनाङ ‘ख’ बाट स्वतन्त्र उम्मेदवारी दिएर तत्कालीन एमालेको समर्थनमा मनाङे निवार्चित भएका हुन् ।
आफू स्वतन्त्र सांसद भएकाले सोही अनुसार बस्ने ठाउँको प्रबन्ध मिलाइदिनका लागि उनले प्रदेश सभा सचिवालयमा सोमबार निवेदन नै दर्ता गराएका छन् । साेमबार ५ बजे निवेदन दर्ता भएकाे र मंगलबार उनका लागि अलग्गै ठाउँमा कुर्सीकाे प्रबन्ध गरिने प्रदेश सभा सचिवालय सचिव हरिराज पाेखरेलले बताए ।
२०७६ असार ११ गते नेकपा प्रवेश गरेका सांसद राजीवको पार्टी कुन हो भन्ने बारेमा प्रदेश सभा सचिवालय भने अनभिज्ञ छ । केही समय उनकाे लेबी काटिएर नेकपा संसदीय दलकाे खातामा गएकाे भए पनि अहिले भने राेकिएकाे छ ।
उनी पार्टी प्रवेश गरेको लिखित जानकारी अहिलेसम्म नेकपाले प्रदेश सभा सचिवालयलाई गराएको छैन । सांसद राजीव नेकपा संसदीय दलको बैठकमा सहभागी हुँदै आएका थिए ।
पछिल्लो घटनाक्रम विकसित हुनु अगाडि उनी प्रदेश सभामा सत्तापक्षकै दीर्घामा बस्दै आएका थिए ।
सोमबारको बैठकमा पनि उनी सत्तापक्षकै दीर्घामा बसेका थिए ।
Related News
सम्बन्धित समाचार
१९ औं पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा केन्याली धावकको वर्चश्व
बेलुन बिस्फोटले उपप्रधानमन्त्री र मेयर घाइते
पुलिसलाई हराउँदै ब्ल्याक बुल्स च्याम्पियन
डिपेन्डेन्ट भिसामा युके लैजान्छु भनी ठगी आरोपमा पक्राउ
सफल पोखरा म्याराथनमा दौडियो पोखरा
hero news full width
मुख्य समाचार
पुम्दीकोटमा दर्शक बढ्ने अपेक्षा
आहारारामा को होला च्याम्पियन ?
फागुन २, २०८१सराङकोट धार्मिक पर्यटकीय क्षेत्रः सञ्चारमन्त्री गुरुङ
फागुन २, २०८१पोखराको लभ्ली हिलमा गीता ज्ञानमहायज्ञ सुरु
फागुन २, २०८१पाेखरामा २० लाख पर्यटक भित्र्याउने लक्ष्य
फागुन १, २०८१पुराना रुख काट्नेलाई कारबाहीको माग
फागुन १, २०८१