कृष्णचन्द्र नेपाली
पोखरा । गण्डकी प्रदेश सभाको विशेष अधिवेशन सोमबार सुरु भएसँगै मुख्यमन्त्री विरूद्ध अविश्वास प्रस्ताव टेबल भएको छ । पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकारविरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव छिनोफानो लगाउन कांग्रेससहित ३ दलले चाहे अनुसार प्रदेश प्रमुखले आजका लागि विशेष अधिवेशन बोलाएका हुन् ।
मुख्यमन्त्री गुरुङले वैशाख १ गते हिउँदे अधिवेशन अन्त्य गरेका थिए । विधेयकहरु पारित गर्न बाँकी छँदै अधिवेशन अन्त्य गरेकै भोलिपल्ट ३ दलले अविश्वास प्रस्तावको सूचना प्रदेश सभा सचिवालयमा दर्ता गरेका थिए । लगत्तै उनीहरुले विशेष अधिवेशन माग्दै प्रदेश प्रमुखलाई पत्र बुझाएका थिए ।
संसद अधिवेशनको सुरुमा सभामुख नेत्रनाथ अधिकारीले प्रदेश प्रमुखले पठाएको विशेष अधिवेशन आह्वान सम्बन्धी सूचना पढेर सुनाए । लगत्तै प्रमुख प्रतिपक्षी दलका नेता कृष्णचन्द्र नेपालीले अविश्वासको प्रस्ताव टेबल गर्दै भनाइ राखे ।
करिब २ तिहाइ नजिकको सरकारले जनभावना विपरीत काम गर्दै आएको त्यसको असर प्रदेशहरुमा पनि परेकाले आफूहरु वाध्य भएर अविश्वासको प्रस्ताव पेस गर्नुपरेको उनको भनाइ थियो ।
छँदाखाँदाको संसद विघटन गर्ने, सरकारमा बस्ने नैतिक आधार नहुँदा पनि कुर्सी नछाड्नुजस्ता घटनाक्रमकै कारण प्रदेशस्तरमा पनि असर परेको उनको भनाइ थियो ।
सोमबार सुरु भएको विशेष अधिवेशनमा सांंसदहरुले बोलेर सकेपछि मुख्यमन्त्रीले जवाफ दिनेछन् । उनको जवाफपछि बुधबार मतदानमा जाने मोटामोटी सहमति भएको छ ।
वैठक भाेलि मंगलबार दिउँसाे १२ बजे बस्ने भएकाे छ ।
Related News
सम्बन्धित समाचार
मदरल्याण्ड माविद्वारा क्वीजमा क्लीन स्वीप
जनआदर्श माविको ६५ औं वार्षिकोत्सव
१९ औं पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा केन्याली धावकको वर्चश्व
बेलुन बिस्फोटले उपप्रधानमन्त्री र मेयर घाइते
पुलिसलाई हराउँदै ब्ल्याक बुल्स च्याम्पियन
hero news full width
मुख्य समाचार
सफल पोखरा म्याराथनमा दौडियो पोखरा
पुम्दीकोटमा दर्शक बढ्ने अपेक्षा
फागुन २, २०८१आहारारामा को होला च्याम्पियन ?
फागुन २, २०८१सराङकोट धार्मिक पर्यटकीय क्षेत्रः सञ्चारमन्त्री गुरुङ
फागुन २, २०८१पोखराको लभ्ली हिलमा गीता ज्ञानमहायज्ञ सुरु
फागुन २, २०८१पाेखरामा २० लाख पर्यटक भित्र्याउने लक्ष्य
फागुन १, २०८१