नेपाल महिला संघ पोखरा नगर सभापति माया बराललाई कोरोना पुष्टि

आदर्श समाज सम्वाददाता
वैशाख १३, २०७८
maya baral

पोखरा । नेपाल महिला संघ पोखरा नगर सभापति माया बराललाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । केही समयदेखि रुघाखोकी लागेर कम्मर दुख्ने समस्या देखा परेपछि स्वास्थ्य जाँच गर्दा आइतबार कोरोना पोेजेटिभ देखिएको पारिवारिक श्रोतले जनाएको छ । बराललाई पोजेटिभ देखिए पनि उनको परिवारका सबै सदस्यहरुको रिपोर्ट भने आउन बाँकी छ ।

राजनीतिक एवं सामाजिक क्षेत्रमा क्रियाशील बराल कोरोना पोेजेटिभ देखिएसँगै स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाई डाक्टरको निगरानीमा आफ्नै निवासमा आराम गरिरहनुभएको छ ।

बरालले कोरोना संक्रमण बढिरहेको यस विषम परिस्थितिमा सम्पूर्ण नेपाली आमाबुवा, दाजुभाइ दिदीबहिनी एवं महिला संघ परिवारलाई सुरक्षित रहन विनम्रतापूर्वक आग्रह गर्दै आफूसँग सम्पर्कमा रहेका व्यक्तिहरुलाई सचेतना अपनाउन अनुरोध गरेकी छन् ।

घाँटी दुख्ने, कम्मर दुख्ने, लामो समय सम्म रुघाखोकी लाग्ने, थकान महसुस हुने लगायतका समस्या आफूलाई देखिएको र यस्ता लक्षण देखिएमा सबैले ख्याल राख्नुपर्ने उनको भनाई छ ।

Related News

सम्बन्धित समाचार

hero news full width