आगलागीमा परी बृद्धाको ज्यान गयो

आदर्श समाज सम्वाददाता
वैशाख १३, २०७८
247WallSt.com-247WS-505287-oregon-wildfire

स्याङ्जा । आँधीखोला गाउँपालिकाकी ७२ वर्षीया बृद्धाको जलेर ज्यान गएको छ । वनमा लागेको आगोमा जलेर ती बृद्धाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

गाउँपालिकाकाे  वडा नम्बर १ अर्घौंदी बस्ने टीकाकुमारी तिवारीको रातो पहिराको पाखोमा लागेको आगोमा जलेर आइतबार साँझ मृत्यु भएको प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।

आफन्तका घरमा व्रतवन्धको निम्तो मानेर घर फर्किने क्रममा आगलागीमा परी जलेर मृत्यु भएको हुनसक्ने प्रहरी अनुमान रहेको प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए ।

प्रहरीले प्रारम्भिक अनुसन्धानगरी शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल स्याङ्जामा राखेको छ । घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width