दोर्दीका कृष्ण बाघचाल च्याम्पियन

आदर्श समाज सम्वाददाता
वैशाख १३, २०७८
Bagha Chal 78 (2)

लमजुङ । ठाडोभाका लोक कला प्रतिष्ठान नेपालले आयोजना गरेको खुला बाघचाल प्रतियोगितामा दोर्दीका कृष्ण घले च्याम्पियन भएका छन् ।

ठाडोभाकाको दोस्रो संस्करणको प्रतियोगिताका साथमा सञ्चालन गरिएको बाघचालमा ३६ जना प्रतिस्पर्धी रहेको निर्णायक समिति सदस्य रमाराज खनियाले बताए । उनका अनुसार फाइनल प्रतिस्पर्धा कृष्णबहादुर घले र दिलबहादुर घलेबीच भएको थियो । बेस्टअफ फाइभका आधारमा खेलाइएको फाइलन खेलमा दिलबहादुर घले दोस्रो र आशबहादुर विक तेस्रो भए । भगवान आधारभूत विद्यालय कक्षा ६ मा अध्ययनरत छात्रले सान्त्वना स्थान हासिल गरे ।

प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुनेले क्रमश ७ हजार, ४ हजार, २ हजार र सान्त्वना हुने २ जनाले १÷१ हजारका साथमा प्रमाणपत्र प्राप्त गरेको निर्णायक सदस्य संजोग लामिछानेले जानकारी दिए ।

बाघचाल पछिल्ला वर्षमा लोप हुने स्थितिमा पुगेकाले संरक्षण गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजक संस्थाका अध्यक्ष नवराज पहाडीले बताए ।

विजयी खेलाडीलाई दोर्दी गाउँपालिकाका उपाध्यक्ष दिलबहादुर घले, आयोजक संस्थाका संरक्षक एव. ठाडोभाकाका महानायक बुद्धिमान दुरा धम्पु तथा समापन समारोहका अध्यक्ष नरेन्द्रराज ढुंगानाले पुरस्कार र प्रमाणपत्र वितरण गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width