नवलपरासीका ९८ प्रतिशत घर पुनर्निर्माण

आदर्श समाज सम्वाददाता
वैशाख १३, २०७८
nawalparasi building

नवलपुर । पूर्वी र पश्चिम नवलपरासी जिल्लामा भूकम्पबाट क्षति भएका झण्डै ९८ प्रतिशत आवास निर्माण भएको छ । २०७२ साल वैशाख १२ गते आएको महाभूकम्पमा परी पूर्वी नवलपरासीमा १ हजार ५३ र पश्चिम नवलरासीमा २१ गरी १ हजार ७१ घरमा क्षति पुगेको थियो ।

यस्तै, पूर्वी नवलपरासीमा १३८ सहित दुबै जिल्लाका २ सय ८ वटा विद्यालयमा भूकम्पले क्षति पुर्‍याएको थियो ।

भूकम्पले पूर्वी नवलपरासीको साविक बुलिङटार गाविसमा बढी क्षति पुगेको थियो भने देवचुली नगरपालिका ६ कीर्तिपुरमा सबैभन्दा क्षति भएको जिल्ला आयोजना कार्यान्वयन इकाइ, अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालयका प्रमुख राजेन्द्र कार्कीले बताए ।

देवचुली नगरपालिका ६ कीर्तिपुर गाउँका १ सय ६ वटा घरमा क्षति पुगेकोमा १ सय ५ वटा घर निर्माण भइसकेको वडाअध्यक्ष मीनबहादुर सोतीले बताए ।

गोरखाको बारपाक केन्द्रबिन्दु भएर ७.८ रेक्टर स्केलको महाभूकम्पले ७ हजार बढीको ज्यान गएको थियो भने १४ जिल्ला अति प्रभावित भएका थिए ।

भूकम्पले क्षति भएका प्रति परिवारलाई सरकारले ३ लाख रुपैयाँ राहत उपलब्ध गराएको थियो ।

अतिप्रभावित १४ र कम प्रभावित १७ जिल्ला मध्ये नवलपरासीमा पुनर्निर्माणमा सबैभन्दा बढी प्र्रगति भएको केन्द्र्रीय आयोजना कार्यान्वयन इकाइ, अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालयले जनाएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width