लायन्स आदर्श चौतारीमा वसन्तराज

आदर्श समाज सम्वाददाता
वैशाख १३, २०७८
Lions clubs of chautari

पोखरा । लायन्स क्लब अफ पोखरा आदर्श चौतारीमा वर्ष २०२१÷२२ को अध्यक्षमा वसन्तराज कोइराला चयन भएका छन् ।
क्लबको प्रथम उपाध्यक्षमा रुकबहादुर गुरूङ, द्वितीय उपाध्यक्ष सुशील कोइराला र तृतीय उपाध्यक्ष दामोदर आचार्य ‘दामु’ चयन भए ।
सचिवमा सूर्य पोखरेल, कोषाध्यक्ष दीपकप्रसाद घिमिरे, सहसचिव भगवान् श्रेष्ठ र सहकोषाध्यक्ष सञ्जीव बास्तोला छन् ।
सल्लाहकारमा शिव नेपाली, नारायण थापा, अशोक केसी र पोषण खनाल चयन भए ।
निर्वाचनका लागि क्लबका निवर्तमान अध्यक्ष भरतराज सिग्देलको संयोजकत्वमा ३ सदस्यीय निर्वाचन समिति गठन गरिएको थियो ।
चार्टर प्रेसिडेन्ट रिजन चेयरपर्सन वासुदेव कोइरालाले क्लबले आगामी दिनमा सामाजिक सेवामा अझ सशक्त भूमिका निर्वाह गर्नेमा आफू विश्वस्त रहेको बताए ।
क्लब अध्यक्ष मोहनराज पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा जोन चेयरपर्सन शिवबहादुर खड्का, पूर्व अध्यक्ष राजेन्द्र भण्डारी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
स्वागत प्रथम उपाध्यक्ष वसन्तराज कोइराला र सञ्चालन सचिव दामोदर आचार्यले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • गण्डकी बोर्डिङका शिक्षकलाई तालिम

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । खुसी हुनु मानिसको मूल स्वभाव हो । तर अचेल व्यस्त दैनिकीका कारण मानिस आफ्नो खुसी हुने स्वभाव बिर्सिएर…
  • प्यान गण्डकीको प्रथम भेला : वामदेवको अध्यक्षतामा नयाँ कार्यसमिति गठन

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । पोखरा । प्रधानाध्यापक संघ नेपाल (प्रिन्सिपल एसोसियन नेपाल–पान) को पोखरामा सम्पन्न पहिलो भेलाले वामदेव पौड्यालको अध्यक्षतामा गण्डकी प्रदेशस्तरको…
  • एनटिभिएको शुभकामना आदानप्रदान

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । नेपाल पर्यटक यातायात व्यवसायी संघ (एनटिभिए) गण्डकीले नयाँ वर्ष अवसरमा शुभकामना आदानप्रदान एवं टेबुल क्यालेन्डर लोकार्पण गरेको छ…
  • पोखरा १३ मा निशुल्क तालिम

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । पोखरा १३ ले निशुल्क सिपमूलक तालिम उपलब्ध गराएको छ । एड्भान्स कटाइसिलाइ, डिप्लोमा ब्युटी पार्लर, लोकसेवा अनलाइन कक्षा…
  • जलारी समुदायबारे वृत्तचित्र

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । जलारी समुदायबारे निर्माण भएको वृत्तचित्र सार्वजनिक गरिएको छ । गण्डकी प्रज्ञा प्रतिष्ठानले निर्माण गरेको वृत्तचित्र मंगलबार सार्वजनिक गरेको…

hero news full width