पोखरा । पोखराका उद्योगी व्यवसायीले कोरोना विरुद्ध स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर व्यापार व्यवसाय नियमित सञ्चालन गर्न व्यवसायीलाई आग्रह गरेको छ । १ वर्षसम्म थलिएको व्यवसाय पुनः लयमा फर्किँदै गर्दा पुन ‘मिनी लकडाउन’ अवस्था आउनु निजी क्षेत्रको लागि दुर्भाग्य भएको उनीहरुको ठहर छ ।
व्यवसायीहरुको छाता संगठन पोखरा उद्योग वाणिज्य संघका तर्फबाट महासचिव सुरेन्द्रमान विजुक्छेले आइतबार विज्ञप्ति जारी गरी सो आग्रह गरेको हो ।
कोभिड–१९ को दोस्रो लहरले जनजीवन असहज बनेको बेला संघले दैनिक उपभोग्य बस्तुको सहज आपूर्ति गर्न तथा ढुवानी कार्यलाई पारदर्शी, सरल र प्रभावकारी बनाउन तथा आमउपभोक्ता तथा नागरिकहरुसँग सामान किनमेल गर्दा आवश्यक दूरी कायम गर्न, अनावश्यक भीडभाड नगर्न एवं अनिवार्य रुपमा माक्सको प्रयोग गर्नका लागि अनुरोध पनि गरेको छ ।
कोभिड–१९ को दोस्रो लहरले ल्याएको विपत्तिबाट नागरिकलाई जोगाउन स्वास्थ्य सुरक्षाको यथोचित प्रबन्ध गर्न र सरकारबाट प्रदान हुने स्वास्थ्य सेवाप्रति जनतालाई आश्वस्त बनाउन ३ वटै सरकार तथा सरोकारवाला निकायसँग जोडदार माग पनि गरिएको छ ।
‘सरकारबाट घोषित राहत प्याकेजको पर्खाइमा आएको यो विपत्तिले हामीलाई कहाँ पु¥याउँछ, थाहा छैन तर कोभिडको दोस्रो लहर भित्रिएको पुष्टि भैसकेको वर्तमान स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्नु सबैको कर्तव्य हो,’ विज्ञप्तिमा भनिएको छ, ‘फेरि लकडाउन हुनु भनेको कोमामा पुगेको व्यापार व्यवसाय पूर्ण रुपमा बन्द हुनु हो । हामीलाई ढोका बन्द गरेर बस्ने छुट छैन र हुँदैन पनि ।’
संकटको बेला उद्योगी व्यवसायीमाथि दायित्व थपिने उल्लेख गर्दै सुरक्षित रहँदै बजारलाई गतिशील बनाउने तथा ऋणात्मक अर्थतन्त्रलाई माथि उकास्ने सरकारी नीति अनुरुप तयार हुनु पनि निजी क्षेत्रको कर्तव्य भएको विज्ञप्तिमा उल्लेख छ ।
Related News
सम्बन्धित समाचार
प्रतिभामा सिमसार बहस गर्दै विद्यार्थी
सहारा एकेडेमीका ६ खेलाडी ब्रिगेड ब्वाइजमा अनुबन्धित
कोटीहोम गोलचक्करमा पोखरा
थ्रिस्टार सेमिफाइनलमा प्रवेश
पूर्वराजा ज्ञानेन्द्र पोखरामा
hero news full width
मुख्य समाचार
गण्डकी धौलागिरी पेट्रोलियममा मोहन
सम जयन्तीमा रंगकर्मीको सम्मान
माघ २८, २०८१बार काउन्सिल पार्षद् सदस्यमा दयाराम गौतम निर्वाचित
माघ २६, २०८१‘ब्याक टु नाइन्टिज’ आज, पोखराका चर्चित ७ ब्याण्ड एकै स्टेजमा
माघ २६, २०८१बेलायती अधिराजकुमार र अधिराजकुमारीद्वारा परेड अवलोकन
माघ २५, २०८१थण्डरबोल्ट क्वाटरफाइनलमा, संकटा पराजित
माघ २५, २०८१