पोखरा । गण्डकी प्रदेश प्रहरी कार्यालय मातहतका प्रहरी कार्यालयहरुले अबैध रुपमा जुवा खेल्ने खेलाउने ३३ जनालाई ठुलो रकम सहित पक्राउ गरेका छन् ।
वडा प्रहरी कार्यालय रामबजार कास्कीको प्रहरी टोलीले यही वैशाख ११ गते जुवा खेल्ने र खेलाउने १८ जनालाई ठुलो रकम सहित पक्राउ गरेको छ । पोखरा महानगरपालिका–१२ चापापानीमा रहेको थकाली समाज घरमा जुवातास खेलिरहेको भन्ने बिशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले जुवातास खेलिरहेकै अवस्थामा १८ जनालाई पक्राउ गरेको हो ।
मार्फा थकाली समाज घरबाट ६ लाख २४ हजार ९ सय ८६, ८ बुक तास, ६४ थान कौडा, ३ लाखको १ वटा र १ लाख ५० हजारको १ वटा गरी जम्मा ४ लाख ५० हजारको चेक, पाउण्ड स्ट्रलिङ २० डलर, ७ अमेरिकन डलर र भारतीय रुपैया ४ हजार ७ सय सहित १८ जनालाई पक्राउ गरेको हो ।
यसैगरी नवलपरासी पूर्वको प्रहरी टोलीले पनि यही वैशाख १० गते कावासोती नगरपालिका–१६ डण्डा स्थित एक घरमा जुवातास खेलीरहेको अवस्थामा ११ जनालाई पक्राउ गरेको छ । उनीहरुबाट २६ हजार ६ सय २५ रुपैयाँ र ३ बुक तास बरामद भएको छ ।
त्यस्तै यही वैशाख ११ गते इलाका प्रहरी कार्यालय आँबुखैरेनी तनहुँको प्रहरी टोलीले पनि बिशेष सूचनाका आधारमा आँबुखैरेनी गाँउपालिका–३ आँबुखैरेनी बस्ने मन बहादुर श्रेष्ठको घरमा जुवा खेलिरहेको अवस्थामा ७ जनालाई पक्राउ गरेको छ । निजहरुको साथबाट प्रहरीले नगद १ लाख ११ हजार ४ सय ४० रुपैयाँ र १३ बुक तास बरामद गरेको छ ।
प्रहरीले पक्राउ परेका सबैजना उपर जुवा सम्बन्धी कसुर अन्तर्गत मुद्दा दर्ता गराई थप अनुसन्धान समेत गरिरहेको छ ।
Related News
सम्बन्धित समाचार
वेगनास ताल डुंगा व्यवसायीको गुनासो-मोटरबोट रोकियो, रोजीरोटी खोसियो
ब्ल्याक बुल्स् सेमिफाइनलमा
नेपालमै बन्यो शक्तिशाली नवग्रह मन्दिर, यस्ता छन् विशेषता
प्रतिभामा सिमसार बहस गर्दै विद्यार्थी
सहारा एकेडेमीका ६ खेलाडी ब्रिगेड ब्वाइजमा अनुबन्धित
hero news full width
मुख्य समाचार
कोटीहोम गोलचक्करमा पोखरा
थ्रिस्टार सेमिफाइनलमा प्रवेश
माघ २८, २०८१पूर्वराजा ज्ञानेन्द्र पोखरामा
माघ २८, २०८१गण्डकी धौलागिरी पेट्रोलियममा मोहन
माघ २८, २०८१सम जयन्तीमा रंगकर्मीको सम्मान
माघ २८, २०८१बार काउन्सिल पार्षद् सदस्यमा दयाराम गौतम निर्वाचित
माघ २६, २०८१