कोरोना सङ्क्रमणबाट संविधानसभा सदस्य सिद्धिकीको मृत्यु

आदर्श समाज सम्वाददाता
वैशाख ११, २०७८
siddiki

बाँके । कोरोना भाइरस सङ्क्रमणबाट बाँकेमा थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा नेपालगञ्ज–३ की ६२ वर्षीया मोहम्मद सिद्धिकी छन् ।

उपचारका क्रममा शनिबार उहाँको भेरी अस्पतालमा मृत्यु भएको अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा प्रकाश थापाले जानकारी दिनुभयो ।

कोरोना सङ्क्रमण पुष्टि भएपछि उहाँ गत चैत २८ गते भेरी अस्पतालको कोभिड आइसोलेशन वार्डमा भर्ना हुनुभएको थियो । उहाँ नेपाली कांग्रेसको तर्फबाट संविधानसभा सदस्य समेत हुनुहुन्थ्यो ।

विसं २०३६ देखि प्रजातान्त्रिक आन्दोलनमा सक्रिय रहँदै आउनुभएकी सिद्धिकी समाजसेवा र मानव अधिकारका क्षेत्रमा विशेष सक्रिय रहँदै आउनुभएको थियो ।

उहाँ नेपालगञ्जमा स्थापित फातिमा फाउण्डेशन नेपालको संस्थापक अध्यक्षसमेत हुनुहुन्थ्यो ।

योसँगै कोरोना सङ्क्रमणबाट बाँकेमा मृत्यु हुनेको सङ्ख्या ७८ पुगेको छ । रासस

Related News

सम्बन्धित समाचार

hero news full width