शिक्षासेवी एवं साहित्यकार क्षेत्रबहादुर बिरामी

आदर्श समाज सम्वाददाता
वैशाख ११, २०७८
chhetra

पोखरा, ११ वैशाख । पोखराका शिक्षासेवी एवं साहित्यकार क्षेत्रबहादुर कुँवर बिरामी परेका छन् । गत चैत अन्तिममा एक्कासी रगत बान्ता गरेपछि पोखराका अस्पतालले उपचारार्थ काठमाडौं रेफर गरेका थिए ।

उनलाई तत्कालै हेलिकोप्टरमार्फत ग्रान्डी अस्पताल लगिएको थियो । आइसियुसहित २ सातासम्म उपचारपछि डिस्चार्ज कुँवर आफ्नै निवास पोखरा–१४, मझेरीपाटनमा स्वास्थ्यलाभ गरिरहेका छन् ।

घाँटीको नसा, कलेजो र पाचन नलीमा समस्या भएकोले रगत बान्ता भएको चिकित्सकले जनाएका छन् । उनको केही वर्ष अघि थाइराइड, गल ब्लाडर र प्रोस्टेटको गरी ३ अप्रेसन भैसकेको थियो । खानपिनमा ध्यान दिनुपर्ने र चिन्ता कम लिनुपर्ने चिकित्सकले सुझाएका छन् ।

‘जीवन कथा’ हालैमात्र प्रकाशन गरेका उनको यसअघि ७ कृति पाठकसमक्ष आइसकेका छन्।

Related News

सम्बन्धित समाचार

hero news full width