स्याङ्जाको उत्तरबाहिनीमा भक्तजनको आगमन बढ्दो

आदर्श समाज सम्वाददाता
वैशाख ११, २०७८
uttarbahini

पोखरा, ११ वैशाख । स्याङ्जाको गल्याङ नगरपालिका वडा १, मालुङ्गास्थित उत्तरबाहिनी क्षेत्रमा भक्तजनको आगमन बढ्दो छ ।

पर्यटकीय पूर्वाधारको निर्माण चलिरहेको सो क्षेत्रमा स्नान, श्राद्ध तथा पूजा गर्ने उद्देश्यले टाढा टाढाबाट पनि भक्तजन आउन लागेका छन् ।

उत्तरतर्फ बगेकी कृष्णा (काली) गण्डकी रहेको उत्तरबाहिनी क्षेत्र पर्यटकका लागि विशेष आकर्षणको स्थल बन्दै गएको हो ।

उत्तरबाहिनीमा शनिबार १ सय ८ पीपलको जल खान तथा गण्डकी स्नानका लागि भक्तजनको उल्लेख्य सहभागिता थियो । रुपन्देही, पाल्पा, स्याङ्जा र कास्की लगायत स्थानबाट आएका ४१ परिवारले शनिबार स्वस्तिशान्ति पूजा गरेका थिए ।

कालीगण्डकी ज्ञान विज्ञान प्रतिष्ठानका अध्यक्ष चैतन्य कृष्णको अगुवाइमा उत्तरबाहिनीमा गुरुकुल सञ्चालन, आश्रम तथा सभागृह निर्माण भएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width