स्याङ्जामा शान्ति समाजले मनायोे लोकतन्त्र दिवस

Avatar आदर्श समाज सम्वाददाता
वैशाख ११, २०७८
loktantra

स्याङ्जा । मानव अधिकार तथा शान्ति समाज स्याङ्जाले विविध कार्यक्रम गरी शनिवार १५ औं लोकतन्त्र दिवस मनाएको छ । सो अवसरमा अन्तक्र्रिया, सम्मान एवं चियापान गरियो ।

कार्यक्रममा एमनेष्टी इन्टरनेशनल स्याङ्जाका संस्थापक सभापति ओमप्रकाश शर्माले ठूला बलिदानी, त्याग र समर्पणले उपलब्ध लोकतन्त्रको रक्षा गर्न राजनेता चुकेको बताए ।

शासन व्यवस्था परिवर्तन भए पनि नेताका चरित्र परिवर्तन हुन नसक्दा ठूला आन्दोलनका उपलब्धि रक्षा गुम्ने खतरा बढेको उनको भनाइ छ ।

कार्यक्रममा समाजका केन्द्रीय प्रतिनिधि हरिप्रसाद रेग्मी, पूर्व सभापति पृथ्वीप्रसाद पोखरेल, निवर्तमान सभापति प्रकाश डोटेल, पूर्व उपसभापति केशवराज लम्साल, रेडियो एवं टेलिभिजनका प्रबन्धक रमेश गोदार लगायतले लोकतन्त्रको संस्थागत विकासका लागि अधिकारकर्मी एकजुट हुनुपर्ने बताए ।

समाजका सहसचिव हरिप्रसाद अर्याल, सदस्य रामप्रसाद लम्साल, गंगादेवी पोखरेल, विपीन्द्रमान श्रेष्ठ लगायतले शुभकामना मन्तब्य व्यक्त गरेका थिए ।

मानव अधिकार तथा शान्ति समाजका सभापति धु्रवबन्धु पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा उपसभापति भवानीशंकर पोखरेलले स्वागत, कोषाध्यक्ष शान्ति अर्यालले धन्यवाद एवं सचिव भवानी अधिकारीले सञ्चालन गरेकी थिइन् ।

सो अवसरमा पत्रकार महासंघको गण्डकी प्रदेश सदस्यमा निर्वाचित समाजका निवर्तमान सभापति प्रकाश डोटेल, लायन्स डिस्ट्रिक्ट चियरपर्सनमा मनोनीत संस्थाका उपसभापति भवानीशंकर पोखरेल र पत्रकार महासंघ जिल्ला उपाध्यक्षमा निर्वाचित संस्थाकी सचिव भवानी अधिकारीलाई बधाई एवं सम्मान गरियो ।

Related News

सम्बन्धित समाचार

    hero news full width

    sanil ads

    wordlink ads