हेमजा । ढुंगामाथि खेती गर्ने भनेको सुन्दा अपत्यारिलो लाग्न सक्छ । किनकि तपाईं हाम्रो गाउँ टोल वा छरछिमेकमा कतिपय खेतीयोग्य जमिनसमेत फालिएर बाँझै छन् ।
कतिपय अवस्थामा जमिन र माटोको महत्वसमेत हामीले बुझ्न सकेनौं । जसले गर्दा व्यावसायिक कृषि को त के कुरा प्रशस्त जमिन हुँदासमेत पेटभरि खाने र परिवार पाल्ने उत्पादनसमेत हामीले फलाउन सकेका छैनौं । खाद्यान्नका लागि पनि परर्निभर नै छौं ।
तर कतिपय नेपाली यस्ता पनि छन् । जसले पत्थरसँग सिँगौरी खेल्दै उत्पादनमा जुट्छन् । अन्नपूर्ण ३ का कुशल पौडेल यस्तैको सूचीमा पर्दछन् । उमेर भर्खरै २४ वर्ष पुग्यो । कृषि विज्ञानतर्फ स्नातक सकेको पनि २ वर्ष भयो । तर पनि उनलाई जागिर खाने इच्छा आएन । बरु फालिएको स्थानीय धारापानी माविको दमदमे (पत्थर) स्थित जग्गा भाडामा लिएर उनी अनौठो तरिकाले खेती गर्न कसिए । त्यसका लागि उनीसहित ८ जनाको समूह यतिबेला लागि परेको छ ।
उनीहरुले खेती गर्ने जमिन पूरै पत्थरयुक्त छ । त्यही पत्थरमाथि माटो, मल र पत्कर (झरेका पात) मिसाएर हाल करिब ८० बोरामा तरुल, रानी गिठा, तिते गिठा, भ्याकुर, पिँडालु लगायत कन्दमुल लगाइएको छ ।
त्यसका साथै उनीहरुले केही माटो भएको स्थानको पहिचानसमेत गरी बाँसको प्रयोग गरेर स–साना गरा निर्माण गरी खेती पनि थालेका छन् । हालसम्म ८ गरामा खेती लगाइएको छ । पत्थरमाथि खेती लगाएको देखेर कतिपय स्थानीय अचम्मित भएका छन् ।केही भने खेतीको तरिकाबारे जिज्ञासा राख्दै छन् ।
अन्नपूर्ण १, सिम्पालीका शिवकुमार सुवेदी खेतीको तरिकाबाट प्रभावित छन् । नयाँ सोचका साथ कृषि उत्पादनमा जुट्न लागेको भन्दै उनले व्यवसायी सफल हुने विश्वास पनि व्यक्त गरे । ‘व्यवसायीको उत्साह प्रशंसनीय छ यसको सिको अन्य ठाउँकाले पनि गर्नुपर्दछ,’ उनले भने ।
यता वडाध्यक्ष चन्द्रबहादुर गुरुङले फालिएको जग्गाको सदुपयोगका निम्ति अन्य स्थानकाले पनि उक्त कार्यको अवलोकन गर्नुपर्ने बताउँछन् । पहिला पहिला पढेलेखेका मान्छे कृषिमा लाग्नुहुन्न भन्ने मान्यता थियो, तर अहिले त्यसमा करिब पूरापुर जस्तै परिवर्तन भएको छ । यसको पछिल्लो उदाहरण पत्थरमाथि गरिएको खेती हो उनले स्पष्ट पारे ।
गुरुङले कृषिमा लाग्ने जो कोहीलाई पनि वडा सहयोग गर्न तयार रहेको पनि जनाए । अब नजिकै रहेको लुम्ले कृषि केन्द्र र ज्ञान केन्द्रमार्फत गरी वडाका युवालाई कृषि पेसातर्फ आकर्षण गर्दछौं गुरुङले भने अब वडामा पर्ति वा फालिएका जग्गामा पनि कुनै न कुनै किसिमको खेती गरिन्छ ।
उक्त कृषि कार्यमा पाउँदुरका कुशलसहित पोखरा सिमलचौरका डा. कुलराज चालिसे, शीतलादेवीका डा.अनील सुवेदी, पत्रकार डा. रामचन्द्र बराल लगायत सहभागी छन् ।
हालसम्म २ लाख बढी खर्च भइसकेको छ । पूरा योजना सफल पार्न २५ लाख बढी लगानी पर्ने अनुमान छ ।
उनीहरुले उक्त कार्यलाई अनुसन्धान केन्द्र÷संस्थानका रुपमा विकास गर्ने सोच पनि बनाएका छन् । जसका लागि स्थानीय धारापानी माविको स्वामित्वको ३० रोपनी पत्थरिलो जग्गा १० वर्षका लागि भाडामा लिइएको छ ।
मासिँदै गएका बालीको संरक्षण गर्ने मुख्य उद्देश्यले अभियान सुरु गरिएको पौडेलले बताए । त्यसका साथै आफूहरुको कामले फालिएको जग्गाको उपभोग कसरी गर्नुपर्दछ भन्ने सन्देश पनि दिने उनको विश्वास छ ।
उक्त समूहले हेपिएको (फालिएको÷फ्याकिएको) जमिनमा हेपिएकै (मासिँदै गएका) बालीको प्रवद्र्घन गर्ने गरी कार्यक्रम सुरु गरेको जनाएको छ । आकाशे पानी र माटोको सन्तुलन मिलाई खेती गर्ने प्रविधि विकास गर्ने दीर्घकालीन लक्ष्य पनि समूहले राखेको छ ।
Related News
सम्बन्धित समाचार
चुमानलाई अर्थ, मनाङेलाई भौतिक पूर्वाधार मन्त्रालयको जिम्मा
सुनौली–मुक्तिनाथ धार्मिक मार्ग यात्रा सुरू
‘वन्यजन्तु संरक्षणमार्फत पर्यापर्यटन बढाऔं’
कथा सुन्न भक्तजनको आकर्षण
कन्या क्याम्पसमा प्राध्यापकको बिदाइ
hero news full width
मुख्य समाचार
हेमराज पहारी स्मृति पुरस्कारबाट सरुभक्त पुरस्कृत
गण्डकी प्रदेश सभाको बैठक अनिश्चितकालका लागि स्थगित
वैशाख ७, २०८१चोटिलो बन्दै गण्डकीको संसदीय राजनीति
वैशाख ७, २०८१पुरानो पोखरा जोगाउन पहल: मेयर आचार्य
वैशाख ६, २०८१सुदुरपश्चिममा सोडारी मुख्यमन्त्री नियुक्त
वैशाख ६, २०८१प्रेमील गजलकारको भावपूर्ण बिदाइ
वैशाख ५, २०८१