विवेकशील साझा व्यास नगरमा सलमान

आदर्श समाज सम्वाददाता
वैशाख ११, २०७८
bibekshil

दमौली । विवेकशील साझा पार्टीको व्यास नगर समिति घोषणा गरिएको छ । शनिबार दमौलीमा आयोजित भेलाले नगर समिति संयोजकमा सलमान अलीलाई चयन गरेको छ ।

विवेकशील साझा पार्टी तनहुँका संयोजक सागर घिमिरेको संयोजक रहेको भेलाले १९ सदस्यीय नगरसमिति गठन गरेको हो । नगर समिति सहसंयोजक विप्लता ढुंगाना, सदस्यहरू विरोध श्रेष्ठ, महमद गफार, सुशीलकुमार श्रेष्ठ, उमेश पौडेल, रुपेश पन्थ, हसिना वानु, खेमराज परियार, हमिफ महम्मद, टुकराज अधिकारी, सिकन्दर बक्स, आशा बस्नेत, सरस्वती कार्की आले, राजन सापकोटा, टीकाराम छिमाल, सूर्यबहादुर बिक, लक्ष्मण गुरुङ र सुरेस मझकोटी छन् ।

विवेकशील साझा पार्टीका सचिवालय सदस्य तथा संगठन विभाग प्रमुख निर्देश सिलवालले पार्टीले देशव्यापी रुपमा संगठन विस्तार अभियानलाई तीव्र पारेको बताए । विवेकशील साझा पार्टीका सचिवालय सदस्य तथा गण्डकी प्रदेश संयोजक महेश भण्डारीले गण्डकी प्रदेशअन्तर्गत ७ वटा जिल्लामा संगठन निर्माण सकिएको जानकारी दिँदै बाँकी जिल्लामा चाँडै विस्तार गरिने जानकारी दिए ।

नगर समिति संयोजक अलीले देशमा विद्यमान राजनीति बिग्रँदै गएकाले सुधारका निम्ति युवाहरु नै अगाडि आउनुपर्ने आवश्यकता औंल्याए ।

कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य सुशीला केसी अधिकारी, रजनी केसी, तृष्णा भण्डारी, आशुतोष प्रधान, रोशनी अधिकारी, सरोज गौतम, गण्डकी प्रदेश सदस्य तथा प्रदेश सचिवालय प्रमुख सुदीप ओझा, प्रदेश सदस्य तथा अभियान विभाग प्रमुख अशोक खड्का, प्रदेश सदस्य दिनेशकुमार थापा, कास्की संयोजक फणीन्द्र अधिकारी, पोखरा महानगर संयोजक अजय श्रेष्ठ, तनहुँ जिल्ला सदस्य नगेन्द्र शर्मा, कास्कीका पूर्व संयोजक एकराज न्यौपाने, पोखरा महानगरका पूर्व संयोजक मनकाजी गुरुङ, स्थानीय नेता रमेशप्रसाद आचार्य, तनहुँ संयोजक सागर घिमिरे लगायतले बोलेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width