माझठाना पोखरा समाजमा दयाराम तिवारी

आदर्श समाज सम्वाददाता
वैशाख ११, २०७८
majthana samaj

पोखरा । माझठाना पोखरा सम्पर्क समाज अध्यक्षमा दयाराम तिवारी चयन भएका छन् । समाजको शनिबार भएको अधिवेशनबाट प्रथम उपाध्यक्ष भोलानाथ ओझा, द्वितीय उपाध्यक्ष शारदा लामिछाने, सचिव रामकृष्ण तिवारी, कोषाध्यक्ष नरेश तिवारी, सहसचिव हरिकृष्ण तिवारी र सहकोषाध्यक्ष रामचन्द्र तिवारी चयन भएका छन् । सदस्यहरुमा डा. पूजन लामिछाने, धनकुमारी भुर्तेल, मोहन गुरुङ, विष्णुहरि तिवारी, मनमोहन अधिकारी, बद्रीनाथ भुर्तेल, राधिका भुर्तेल छन् । पदाधिकारी र सदस्य सर्वसम्मत चयन भएका हुन् ।

समाजको पाँचौ साधारण सभा एवं तेस्रो अधिवेशनको अवसरमा पत्रकार केशवशरण लामिछानेसहित ७ जना सम्मानित भएका छन् । पोखरा—२८ माझठानामा जन्म भई हाल विभिन्न सामाजिक तथा पेशागत क्षेत्रमा रहेर समाजका लागि योगदान पु¥याएकामा प्राध्यापक डा. मानबहादुर के.सी, डा.निर्मल लामिछाने, पत्रकार हरि बास्तोला, केशवशरण लामिछाने, खिमबहादुर गुरुङ, सूर्यप्रकाश तिवारी र गणेश सुनार सम्मानित भएका हुन् ।

पोखरा महानगरपालिका प्रमुख मानबहादुर जिसीले सम्मानित व्यक्तिहरुलाई खादा र सम्मानपत्रले सम्मान गर्दै व्यक्तिको सिप र क्षमताको पहिचान गरी समाज विकासमा उपयोग गर्नुपर्नेमा जोड दिए ।

विश्व माानव जातिकै अस्तित्वका लागि चुनौती वनेको कोभिड–१९ को पोखरामा दोश्रो लहरको संक्रमण बढिरहेको सन्दर्भमा सम्पूर्ण सरोकारवाला निकायहरु यसको रोकथाम, नियन्त्रण र उपचारमा पूर्ण क्षमताका साथ लाग्न उनले अपिल गरे ।

कार्यक्रममा मेयर जिसीले समाजद्वारा प्रकाशित नववर्ष २०७८ को भित्तेपात्रोको लोकार्पण समेत गरे । कार्यक्रममा पोखरा महानगरपालिका वडा नं २८ का वडाध्यक्ष निर्मल दियाली र १२ वडाध्यक्ष रामबहादुर कार्कीले दिगो विकास लक्ष्य प्राप्तिका लागि सवैको साथ र सहयोगको आवश्यकता औंल्याए ।

समाजका अध्यक्ष दुर्गादत्त भुर्तेलको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमालेका भोलानाथ त्रिपाठी, नेपाली कांग्रेसका विकास गुरुङ, माओवादी केन्द्रका यज्ञप्रसाद तिवारी, संस्थापक अध्यक्ष श्रीकृष्ण लामिछाने, समाजका उपाध्यक्ष दयाराम तिवारी र सचिव भोलानाथ ओझा लगायतले समाजको महत्व र आवश्यकता माथि चर्चा गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width