सहकारीको कार्यालय स्थापना

आदर्श समाज सम्वाददाता
वैशाख ११, २०७८
sahakari~durga

पोखरा । महिलाहरुको सक्रियतामा पोखरा १४ मा समग्र महिला बहुउद्देश्यीय सहकारी संस्था स्थापना गरिएको छ । सहकारीको कार्यालय एक समारोहबीच जिल्ला सहकारी संघ कास्की अध्यक्ष सावित्रा कोइरालाले उद्घाटन गरिन् ।

कार्यक्रममा वडाध्यक्ष प्रेमबहादुर कार्की, कार्यपालिका सदस्य यशोदा भट्टराई, सामुदायिक सेवा एवं सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समिति कास्कीका अध्यक्ष बोधबहादुर कार्की, शुभसौगात साकोसका अध्यक्ष ललित बानियाँ, समाजसेवी बलबहादुर सेन्चुरी, बोधराज बराल, रेडक्रस सोसाइटी पोखरा १४ का संयोजक मथुराप्रसाद पौडेल, मेरो नेपाल युवा क्लब अध्यक्ष दिवस कुँवर, संस्थाका सल्लाहकार पार्वती ढुंगाना, लेखा समिति संयोजक विजया सुवेदी, साधना टोल विकास संस्थाका अध्यक्ष लक्ष्मण कार्की लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

संस्थाका अध्यक्ष सविना अधिकारीको अध्यक्षमा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष कल्पना भण्डारी र सञ्चालन सचिव तनुजा थापाले गरेकी थिइन् ।

सहकारीको ७ सिद्धान्त वाचन शिक्षा समिति संयोजक सरस्वती कार्कीले गरेकी थिइन् । सहकारीमा ५ सय ६४ सेयर सदस्य छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width