तनहुँ प्रहरीलाई ज्याकेट

Avatar आदर्श समाज सम्वाददाता
वैशाख ११, २०७८
mahalaxmi tanahue

दमौली । महालक्ष्मी विकास बैंक दमौली शाखाले प्रहरीलाई फ्लोरेसेन्ट ज्याकेट सहयोग गरेको छ । सामाजिक उत्तरदायित्वअन्तर्गत तनहुँ प्रहरीलाई १ थान फ्लोरेसेन्ट ज्याकेट सहयोग गरेको हो ।

अपराध तथा सवारी दुर्घटना रोकथाममा सघाउन बैंकले प्रहरीलाई फ्लोरेसेन्ट ज्याकेट सहयोग गरेको शाखा प्रबन्धक सुदीप न्यौपानेले बताए । शाखाका प्रबन्धक न्यौपानेले भण्डै ५८ हजार बरारबको ज्याकेट प्रहरी उपरीक्षक अरुण पौडेललाई हस्तान्तरण गरे ।

जिल्ला ट्राफिक कार्यालय तनहुँका प्रमुख डोलेन्द्रबहादुर हमालले रातमा सवारी साधन चेकजाँच जाँचका क्रममा प्रहरीलाई सहज हुने तर्क गरे ।

महालक्ष्मी विकास बैंकका कूल १ सय ३ शाखा छन् । बैंकले आगामी दिनमा पनि संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत अझ प्रभावकारी कार्यक्रमहरु ल्याउने जनाएहो छ ।

Related News

सम्बन्धित समाचार

    hero news full width

    sanil ads

    wordlink ads

    trending post

    ट्रेन्डिङ्ग