कोभिडकै कारण गण्डकीमा २ सय ११ जनाले ज्यान गुमाए

आदर्श समाज सम्वाददाता
वैशाख १०, २०७८
Corona Death

फाइल फोटो ।

पोखरा । गण्डकी प्रदेशमा कोरोना संक्रमितको ग्राफ बढ्दो छ । अघिल्लो दिन ८२ जना संक्रमित रहेकोमा शुक्रबार ८६ जना संक्रमित भएको प्रदेश स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

३ सय ६१ जनाको पिसिआर परीक्षणमा ८६ जनामा संक्रमण पुष्टि भएको निर्देशनालयका निर्देशक डा. विनोदबिन्दु शर्माले बताए । हालसम्म प्रदेशमा कुल संक्रमित संख्या १७ हजार ५ सय ७४ पुगेको छ ।

गएको २४ घण्टामा ३२ निको भएका छन् । हालसम्म निको हुने १६ हजार ५ सय ९० छन् । सक्रिय संक्रमित संख्या ७ सय ७३ पुगेको छ । कोभिड–१९ का कारण हालसम्म प्रदेशमा २ सय ११ जनाले ज्यान गुमाएका छन् ।

सार्वजनिक तथ्यांक अनुसार कास्कीमा २ सय ८ को पिसिआर परीक्षणमा ६४ मा संक्रमण देखिएको छ । प्रदेशका ११ मध्ये कास्कीमा संक्रमित बढी छन् । जिल्लामा अझै पनि ५ सय ५६ जना संक्रिय संक्रमित छन् । मनाङ र मुस्ताङमा हाल संक्रमित शून्य छ ।

यसैबीच, संक्रामक तथा सरुवा रोग अस्पताल, कास्कीले कोरोनाबाट बच्न स्वास्थ्य मापदण्डका उपाय अपनाउन आग्रह गरेको छ । अस्पतालका तर्फबाट सूचना अधिकारी केदारनाथ लामिछानेले शुक्रबार विज्ञप्ति जारी गर्दै सो आग्रह गरेका हुन् । उनका अनुसार अस्पतालमा हाल ४० जना संक्रमितको उपचार भइरहेको छ । संक्रमितमध्ये १७ देखि ६९ वर्ष समूहका छन् । अस्पतालले हालसम्म ४ सय २२ जना कोरोना संक्रमितको उपचार गरिसकेको जनाएको छ । १ संक्रमितको ज्यान गएको छ ।

अस्पतालले संक्रमितलाई बिहान बेलुका खाजा खाना, आवश्यक औषधी निःशुल्क उपलब्ध गराउने गरेको छ । साथै चाँडै नै आइसियु सेवा समेत उपलब्ध गराउने जनाएको छ ।

२० देखि २९ वर्षका बढी संक्रमित
पछिल्लो २४ घण्टामा देशभर थप २ हजार ५ सय ५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा संक्रमितको संख्या २ लाख ९४ हजार ६ सय १ पुगेको छ ।

देशभर १४ हजार ७ सय २४ जना आइसोलेसनमा छन् भने हाल ७५ जना क्वारेन्टिनमा छन् । संक्रमितमध्ये महिला १ हजार २३ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हालसम्म २ लाख ७६ हजार ७ सय ५५ संक्रमण मुक्त भई घर फर्किएका छन् ।

निको हुने दर ९३ दशमलव ९ प्रतिशत छ । पछिल्लो २४ घण्टामा देशभर ४ सय १० संक्रमित निको भएर घर फर्किएका छन् । देशभर १४ हजार ७ सय २४ सक्रिय संक्रमित छन् ।

शुक्रबार सबैभन्दा बढी २०–२९ उमेर समूहमा संक्रमण देखिएको छ । यो उमेर समूहमा ५ सय ७५ जना संक्रमित भएका हुन् । २४ घण्टामा ५ जना मृत्यु भएको छ । हालसम्म ज्यान गुमाउने ३ हजार १ सय २२ जना पुगिसकेको मन्त्रालयले जनाएको छ ।

Related News

सम्बन्धित समाचार

  • चुमानलाई अर्थ, मनाङेलाई भौतिक पूर्वाधार मन्त्रालयको जिम्मा

    आदर्श समाज सम्वाददाता वैशाख ८, २०८१
    पोखरा । गण्डकी प्रदेशमा बिनाविभागीय २ जना मन्त्रीहरुले मन्त्रालयको जिम्मा पाएका छन् । माओवादीका हरिबहादुर चुमानले आर्थिक मामिला र राजीव…
  • सुनौली–मुक्तिनाथ धार्मिक मार्ग यात्रा सुरू

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । कृष्ण गण्डकी शालिग्राम पर्यटन प्रतिष्ठान आयोजनामा नेपाल–भारत सिमानाको सुनौलीबाट सुनौली–मुक्तिनाथ धार्मिक मार्ग यात्रा सुरू भएको छ । कालीगण्डकी…
  • ‘वन्यजन्तु संरक्षणमार्फत पर्यापर्यटन बढाऔं’

    श्रीभद्र पौडेल वैशाख ७, २०८१
    पोखरा । वन्यजन्तु संरक्षण गरी पर्यापर्यटन बढाउनुपर्ने एक कार्यक्रमका वक्ताले जोड दिएका छन् । पृथ्वीनारायण क्याम्पस प्राणीशास्त्र विभाग तथा प्राणीशास्त्र समाजको…
  • कथा सुन्न भक्तजनको आकर्षण

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । पाेखरा नयाँबजारमा जारी श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञमा भक्तजनको आकर्षण बढ्दो छ । हरिहर सन्यास आश्रम देवघाटधामका पीठाधीश अनन्तश्री विभूषित स्वामी…
  • कन्या क्याम्पसमा प्राध्यापकको बिदाइ

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । कन्या क्याम्पस पोखरा र प्राध्यापक संघको संयुक्त आयोजनामा प्राडा नरहरि उपाध्याय गौतम, सहप्राध्यापक घनबहादुर थापा र उपप्राध्यापक राजेन्द्रबहादुर…

hero news full width