गलकोट । गत मङ्सिर १६ गते बागलुङ बजारको अस्मिता कपास उद्योगमा आगलागी भयो । आगलागी हुँनासाथ बजारको दमकललाई खबर गरियो । तर आगो दन्किरह्यो, दमकल भने आएन । आगलागीबाट कपास उद्योग पुरै जलेर लाखौँको क्षति भयो । त्यसबखत नगरपालिकाको दमकल बिग्रिएर आउन नसकेको नगरपालिकाले जानकारी दियो । दश स्थानीय तह भएको बागलुङमा एकमात्रै दमकल हुँदा समस्या भएको छ ।
गत चैतमा मात्रै बागलुङ बजारमा तीन ठूला आगलागीका घटना भए । बजारको ग्रिल एण्ड चिल रेष्टुराँमा आगलागी हुदा १२ लाखको क्षति भयो भने सिर्जना फर्निचरमा आगलागी हुँदा छिमकको दुई घरमा समेत क्षति पु¥यायो ।
फर्निचरमा लागेको आगलागी नियन्त्रणमा लिन नगरपालिकाको दमकलले नसकेपछि पर्वतको कुस्मा नगरपालिका र म्याग्दीको बेनी नगरपालिकाको दमकलसमेत झिकाइयो । त्यसलगत्तै बागलुङ बजारको मुख्य चोकमा रहेको श्रेष्ठ हार्डवयरमा आगलागी हुँदा रु ३० लाख बढीको क्षति भयो । हार्डवयर पसलको आगलागी नियन्त्रणमा समेत नगरपालिकाको दमकलको पानीले नपुग्दा पुनःपानी ल्याउन जानुपर्ने अवस्था आएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इकवाल हवारीले जानकारी दिनुभयो ।
गलकोट, ढोरपाटन, जैमिनी नगरपालिका, काठेखोला, ताराखोला, निसिखोला, तमानखोला, बढीगाड र बरेङ गाउँपालिकामा दमकल छैनन् । पछिल्लो समय बागलुङमा आगलागीका घटना बढ्दै गए पनि स्थानीय तहले दमकल खरिदमा चासो दिएका छ्रैनन् ।
जिल्लाको दोस्रो ठूलो शहरका रुपमा रहेको ढोरपाटन नगरपालिकाको केन्द्र बुर्तिवाङ, गलकोट बजार, खर्बाङ, कुस्मिशेरा, अक्षेते र बरेङ बजारमा आगलागी भएमा आगलागी नियन्त्रणमामा निकै समस्या छ । स्थानीय सरकारले विकास निर्माणका लागि डोजर खरीद गर्नु राम्रो भए पनि एम्बुलेन्स र दमकल अपरिहार्य भएको अधिकारकर्मी राम शर्माले बताउनुभयो ।
“सडक बन्द हुँदा डोजर चाहिन्छ, अहिले विकास निर्माण गर्न डोजर नचाहिने कुरै भएन तर स्थानीय तहको ध्यान दमकल, एम्बुलेन्स जस्ता अत्यावश्यक सवारी खरीद गर्नुपर्दछ”, शर्माले भन्नुभयो, “हैन भने स्थानीय सरकारको दायित्वभित्र रहेको जनताको जीउधनको सुरक्षाको जिम्मा कसले लिने रु”
आगलागी नियन्त्रणका लागि अत्यन्तै आवश्यक रहेको दमकल बजेट विनियोजन गरेर स्थानीय तहले खरीद गर्दा ठूलो जनधनको क्षति हुनबाट रोक्न सकिने जिल्ला समन्वय समिति बागलुङका प्रमुख राजेन्द्र ढुङ्गानाले बताउनुभयो । दमकल भएको बागलुङ नगरपालिकामा पनि जनशक्तिलगायतका कारण तत्काल आगलागी नियन्त्रणमा समस्या देखिने गरेको छ । बागलुङमा चार नगरपालिका र छ गाउँपालिकाका मुख्य बजार क्षेत्रमा दमकल पुग्नसक्ने सडक सञ्जाल छ ।
अहिलेसम्म दमकलको आवश्यकता महशुस नभएको काठेखोला गाउँपालिकाले जनाएको छ । स्रोत र साधनको अभावसँगै गाउँपालिकाभर दमकल पुग्ने सडक नभएका कारण खरीद गर्ने योजना नरहेको काठेखोला गाउँपालिकाका अध्यक्ष अम्मरबहादुर थापाले बताउनुभयो । अन्य स्थानीय तहमा आगलागी हुँदा बागलुङ नगरपालिकाको दमकल गुहार्नुपर्ने अवस्था छ । आगलागीका घटनामा अन्य स्थानीय तहलाई समेत सहयोग गर्दै आएको बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले बताउनुभयो ।
Related News
सम्बन्धित समाचार
दृष्टिविहीनलाई बाटो देखाउँदै गुगल
रुपाको अस्पताल र स्वास्थ्य बिमा बोर्डबीच सम्झौता
युनाइटेडद्वारा शैक्षिक तथा खेल सामग्री वितरण
रुपाको अस्पताल र स्वास्थ्य बिमा बोर्डबीच सम्झौता
वन्यजन्तु सप्ताहमा चरा अवलोकन
hero news full width
मुख्य समाचार
पुरानो पोखरा जोगाउन पहल: मेयर आचार्य
सुदुरपश्चिममा सोडारी मुख्यमन्त्री नियुक्त
वैशाख ६, २०८१प्रेमील गजलकारको भावपूर्ण बिदाइ
वैशाख ५, २०८१अधिवेशन आह्वानप्रति कांग्रेसको आपत्ति, द्वन्द्व निम्तिन सक्ने चेतावनी
वैशाख ५, २०८१गण्डकी प्रदेश सभाको अधिवेशन आह्वान
वैशाख ५, २०८१गण्डकीमा अधिवेशन डाक्न सिफारिस, मुख्यमन्त्रीले विश्वासको मत लिँदै
वैशाख ५, २०८१