नेकपा एमालेको स्थायी कमिटी घोषणा, माधव नेपाल र झलनाथ अटाएनन

आदर्श समाज सम्वाददाता
वैशाख १०, २०७८
UML-Meeting-Baluwatar1

काठमाडौं ।  नेकपा एमालेले वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल पक्षलाई अलग गरेर स्थायी कमिटी घोषणा गरेको छ। बालुवाटारमा आज बसेको एमाले महाधिवेशन आयोजक कमिटीको बैठकले नेपाल र खनाल पक्षलाई नसमेटेरै स्थायी कमिटी गठन गरेको हो।

बैठकमा सहभागी एक नेताले जनाएअनुसार केपी शर्मा ओली, वामदेव गौतम, ईश्वर पोखरेल, रामबहादुर थापा ुबादलु र विष्णु पौडेललाई स्थायी कमिटीमा राखिएको छ।

त्यसैगरी, सुवास नेम्वाङ, शंकर पोखरेल, प्रदीप ज्ञवाली, लेखराज भट्ट, टोपबहादुर रायमाझी, सत्यनारायण मण्डल, विष्णु रिमाल, छविलाल विश्वकर्मा, पृथ्वीसुब्बा गुरुङ, रघुवीर महासेठ, केशव बडाल र पुष्पराज कँडेल स्थायी कमिटीमा छन्।

बाँकी सदस्य पछि थप्ने पनि बैठकले निर्णय गरेको ती नेताले बताए।

Related News

सम्बन्धित समाचार

hero news full width