बार्सिलोनाको सानदार जित

आदर्श समाज सम्वाददाता
वैशाख १०, २०७८
Barcelona

पोखरा । स्पेनिस घरेलु लिग ला लिगामा बार्सिलोनाले जित निकालेको छ । घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले गेटाफेलाई ५–२ ले हराएको हो ।

जित्नैपर्ने दवाव रहेको खेलमा कप्तान लियोनेल मेस्सीले २ गोल गरे । त्यस्तै रोनाल्ड एराउजो र एन्टोइन ग्रिजमनले १ गोल गरे । १ गोल भने उपहार पाएको थियो ।

गेटाफेका लागि इनेस युनालले १ गोल गरे । १ गोल भने उपहार पाएको थियो ।

जितसँगै बार्सिलोना ३१ खेलबाट ६८ अंक जोडेर तेस्रो स्थानमा उक्लिएको छ । १ खेल बढी खेलेको एट्लेटिको म्याड्रिडको ७३ अंकसहित शीर्ष स्थानमा र रियल म्याड्रिड ७० अंकसहित दोस्रो स्थानका छ ।

Related News

सम्बन्धित समाचार

hero news full width