राम्चेदेवीमा दर्शनार्थीको भीड

आदर्श समाज सम्वाददाता
वैशाख ९, २०७८
Ramchedevi by shasi d paudel

पोखरा। स्याङ्जाको फेदीखोला गाउँपालिका–४ राम्चेस्थित शीतलादेवी मन्दिरमा मंगलबार दर्शनार्थीको भीड लाग्यो । दर्शनार्थीको भीड देखेर स्थानीय जनताको खुसीको सीमा रहेन । मन्दिर व्यवस्थापन समिति अध्यक्ष राजकुमार ढकाल उत्साहित हुँदै भन्छन्, ‘यति धेरै मानिस त यसअघि देखिएकै थिएन ।’

मन्दिर परिसर नजिकै बनेको हेलिप्याडमा पहिलो पटक हेलिकोप्टर अवतरण गरेको हेर्न पनि मानिसहरु ओइरिए । स्थानीय शीतला युवा क्लबबाट छैटौं चैतेदसैं मेला अवसरमा आयोजित भलिबल प्रतियोगितामा पनि खेलप्रेमीहरुको उल्लेख्य सहभागिता रह्यो ।

हेलिप्याड उद्घाटन गर्दैै फेदिखोला गाउँपालिकाका अध्यक्ष घनश्याम सुवेदीले राम्चेका प्रसिद्ध शीतलादेवी मन्दिर आउने भक्तजनको सुविधाका लागि हेलिप्याड, केवलकार लगायतका योजना तयार गरिएको बताए ।

गाउँपालिका उपाध्यक्ष देवी थापाले भौतिक निर्माणका कार्यलाई सघाउने प्रतिबद्धता व्यक्त गरिन् ।

मन्दिर व्यवस्थापन समिति सल्लाहकार मेजर दिलबहादुर गुरुङले आफू जन्मेहुर्केको ठाउँ पनि भएकोले गलेम राम्चेको विकासको लागि आफू लागिरहने बताए ।

राम्चे सिद्ध टोल विकास संस्थाका अधयक्ष मेघनाथ पौडेलले टोलवासीको सक्दो सहयोग रहेको जानकारी दिए ।
शीतला राम्चेदेवी मन्दिर व्यवस्थापन समिति अध्यक्ष राजकुमार ढकालको अध्यक्षतामा भएको कार्यक्रममा सचिव लेखनाथ पौडेलले स्वागत तथा शीतला माविका प्रअ तुलसीराम पौडेलले सञ्चालन गरेका थिए ।

कार्यक्रममा मन्दिर क्षेत्रको विकासमा विशेष भूमिका खेल्ने स्व. मनलाल गुरुङका छोराहरु क्या. कर्णबहादुर गुरुङ, सु. बेलबहादुर गुरुङ, इ. धीरबहादुर गुरुङ, नासु किमबहादुर गुरुङ र छोरी बेलकुमारी गुरुङलाई सम्मान गरिएको थियो ।
यसैगरी मन्दिर निर्माणमा विशेष योगदान पु¥याउने स्व. हुमबहादुर रानाभाटको स्मृतिमा मौन धारण गरिएको थियो ।

Related News

सम्बन्धित समाचार

  • पोखरामा श्रीमद्भागवत् महायज्ञ सुरु

    आदर्श समाज सम्वाददाता वैशाख २, २०८१
    पोखरा । पोखरा प्रदर्शनी केन्द्रमा आइतबारबाट श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञ २०८१ सुरु भएको छ । ज्ञानमहायज्ञ शुभारम्भ अघि सेती नदीस्थित गाईघाटबाट…
  • नयाँबजारमा भोलिदेखि श्रीमद्भागवत् ज्ञान महायज्ञ

    आदर्श समाज सम्वाददाता वैशाख १, २०८१
    पोखरा । वैद्धिक सनातन धर्म समुदाय पोखराको आयोजनामा नयाँ वर्ष अवसरमा आइतबारदेखि पोखराको नयाँबजारमा श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञ हुँदैछ । वैशाख…
  • तोरन्लमा रमाउँदै थकाली समुदाय

    धनबहादुर गुरुङ चैत्र ११, २०८०
    पोखरा । फागुपूर्णिमा अवसरमा थकाली सेवा समिति, पोखराको हलमा रौनक छुट्टै छ । कोही नाचगानमा रमाइरहेका छन्, कोही ताराखेलमा जमिरहेका…
  • पोखरामा श्रीमद्भागवत् ज्ञान महायज्ञ तयारी

    आदर्श समाज सम्वाददाता चैत्र ९, २०८०
    पोखरा ।  वैद्धिक सनातन धर्म समुदाय पोखराको आयोजनामा नयाँवर्षदेखि प्रदर्शनी केन्द्रमा हुने श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञको तयारी तीब्र पारिएको छ ।…
  • वाल्मीकि आश्रम पुग्न भारतीय भूमि प्रयोग गर्नुपर्ने बाध्यता

    आदर्श समाज सम्वाददाता चैत्र ३, २०८०
    चितवन ।  ऐतिहासिक महत्व बोकेको चितवन राष्ट्रिय निकुञ्जको जंगलभित्र अवस्थित पौराणिक भूमि वाल्मीकि आश्रम जान भारतीय भूमि प्रयोग गर्नुपर्ने बाध्यता…

hero news full width