राम्चेदेवीमा दर्शनार्थीको भीड

Avatar आदर्श समाज सम्वाददाता
वैशाख ९, २०७८
Ramchedevi by shasi d paudel

पोखरा। स्याङ्जाको फेदीखोला गाउँपालिका–४ राम्चेस्थित शीतलादेवी मन्दिरमा मंगलबार दर्शनार्थीको भीड लाग्यो । दर्शनार्थीको भीड देखेर स्थानीय जनताको खुसीको सीमा रहेन । मन्दिर व्यवस्थापन समिति अध्यक्ष राजकुमार ढकाल उत्साहित हुँदै भन्छन्, ‘यति धेरै मानिस त यसअघि देखिएकै थिएन ।’

मन्दिर परिसर नजिकै बनेको हेलिप्याडमा पहिलो पटक हेलिकोप्टर अवतरण गरेको हेर्न पनि मानिसहरु ओइरिए । स्थानीय शीतला युवा क्लबबाट छैटौं चैतेदसैं मेला अवसरमा आयोजित भलिबल प्रतियोगितामा पनि खेलप्रेमीहरुको उल्लेख्य सहभागिता रह्यो ।

हेलिप्याड उद्घाटन गर्दैै फेदिखोला गाउँपालिकाका अध्यक्ष घनश्याम सुवेदीले राम्चेका प्रसिद्ध शीतलादेवी मन्दिर आउने भक्तजनको सुविधाका लागि हेलिप्याड, केवलकार लगायतका योजना तयार गरिएको बताए ।

गाउँपालिका उपाध्यक्ष देवी थापाले भौतिक निर्माणका कार्यलाई सघाउने प्रतिबद्धता व्यक्त गरिन् ।

मन्दिर व्यवस्थापन समिति सल्लाहकार मेजर दिलबहादुर गुरुङले आफू जन्मेहुर्केको ठाउँ पनि भएकोले गलेम राम्चेको विकासको लागि आफू लागिरहने बताए ।

राम्चे सिद्ध टोल विकास संस्थाका अधयक्ष मेघनाथ पौडेलले टोलवासीको सक्दो सहयोग रहेको जानकारी दिए ।
शीतला राम्चेदेवी मन्दिर व्यवस्थापन समिति अध्यक्ष राजकुमार ढकालको अध्यक्षतामा भएको कार्यक्रममा सचिव लेखनाथ पौडेलले स्वागत तथा शीतला माविका प्रअ तुलसीराम पौडेलले सञ्चालन गरेका थिए ।

कार्यक्रममा मन्दिर क्षेत्रको विकासमा विशेष भूमिका खेल्ने स्व. मनलाल गुरुङका छोराहरु क्या. कर्णबहादुर गुरुङ, सु. बेलबहादुर गुरुङ, इ. धीरबहादुर गुरुङ, नासु किमबहादुर गुरुङ र छोरी बेलकुमारी गुरुङलाई सम्मान गरिएको थियो ।
यसैगरी मन्दिर निर्माणमा विशेष योगदान पु¥याउने स्व. हुमबहादुर रानाभाटको स्मृतिमा मौन धारण गरिएको थियो ।

Related News

सम्बन्धित समाचार

    • धार्मिक पर्यटकीय क्षेत्र छाङ्छाङ्दी

      Avatar आदर्श समाज सम्वाददाता वैशाख ३०, २०७८
      छाङ्छाङ्दी (स्याङजा) । पहाडको बीच भागबाट कडा चट्टानलाई छिचोल्दै पानीको झरना छङ्छङ् झरिरहेको छ । छङ्छङ् आवाज निरन्तर सुनिने सोही झरनाका…
    • प्रधानसम्पादक बास्तोला सम्मानित

      Avatar आदर्श समाज सम्वाददाता वैशाख १४, २०७८
      पोखरा । आदर्श समाज दैनिकका प्रधानसम्पादक कृष्णप्रसाद बास्तोला इर्खबहादुर–श्रीप्रभा स्मृति प्रतिष्ठान, पोखराबाट सम्मानित भएका छन् । अद्धैत संस्था नेपालद्वारा सञ्चालित…
    • राजु अधिकारीको ‘आखिर रोज्ने के ?’

      Avatar आदर्श समाज सम्वाददाता वैशाख ८, २०७८
      काठमाडौं । योग विज्ञान तथा जीवनशैली प्रशिक्षक डा. राजु अधिकारीको नयाँ कृति ‘आखिर रोज्ने के ?’ लोकार्पण गरिएको छ ।…
    • ‘धार्मिक विखण्डन ल्याउन खोज्नेलाई चिन्न र चिनाउन आवश्यक ’

      Avatar आदर्श समाज सम्वाददाता वैशाख ७, २०७८
      पोखरा । गण्डकी प्रदेशसभा सदस्य प्रभा कोइरालाले नेपालमा धार्मिक विखण्डन ल्याउने काम नेताहरुले नै गरेकाले ती नेतालाई चिन्न र चिनाउन…
    • मुख्यमन्त्री गुरुङद्वारा चैतेदशैँको शुभकामना

      Avatar आदर्श समाज सम्वाददाता वैशाख ७, २०७८
      पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विविध धर्म संस्कृति मान्ने सम्पूर्ण नेपालीका बीच आपसी सद्भाव, सामाजिक एकता र भातृत्व…

    hero news full width

    sanil ads

    wordlink ads

    trending post

    ट्रेन्डिङ्ग