धरहरामा ३३० किलोको गजुर राखियो

Avatar आदर्श समाज सम्वाददाता
वैशाख ८, २०७८
धरहरा-गजुर

काठमाडाैं ।  पुनर्निर्माण सम्पन्न भएको ऐतिहासिक धरहरामा आज गजुर राखिएको छ ।

नेपाली सेनाले विगुल फुकी, मंगल धुन र स्वस्तीक वाचनसहित बिहान ८ः०० बजेको शुभ साइतमा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका कार्यकारी अधिकृत सुशील ज्ञवालीसहितको सहभागितामा गजुर राखिएको हो ।

उक्त गजुर ३३० किलोको हो । गजुर तामाबाट बनेको छ भने बाहिरी आवरण सुनले लेपन गरिएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका सम्पदा विज्ञ राजुमान मानन्धरले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “धरहराको टुप्पामा ३३० किलोको सुनको जलप लगाएको गजुर राखिएको छ, त्यसमा ९५ तोला तीन लाल सुन छ ।” उहाका अनुसार टुप्पामा गजुर राख्नुअघि २१ तलामा प्राधिकरणका कार्यकारी अधिकृत सुशील ज्ञवालीले शिवलिङ्ग प्रस्तिथापन गरी र नयाँ गजुरको पूजा गर्नुभएको थियो ।

अहिले ऐतिहासिक धरहरा टावरको पुनःनिर्माण कार्य पूरा भएसँगै रङ्ग लगाउने काम भइरहेको छ । यही वैशाख ११ गते उद्घाटन गर्ने तयरीस्वरुप अहिले रङ्ग लगाइएको हो । वैशाख ११ गते ११ः०० बजे प्रधानमन्त्री केपी शर्मा ओलीबाट उद्घाटन गर्ने तयारी छ । भूकम्पले भत्काएको संरचना पुनःनिर्माण भए पनि अन्य केही संरचना निर्माणको काम सम्पन्न नभएकाले तत्काल सर्वसाधारणका लागि खुला हुने छैन ।

त्यसका लागि आगामी मङ्सिरसम्मको समय कुर्नुपर्नेछ । विसं २०७२ को विनाशकारी भूकम्पबाट धरहरालगायत ऐतिहासिक सम्पदा ध्वस्त भएका थिए । भूकम्प गएको तीन वर्षपछि मात्रै यस सम्पदाको पुनःनिर्माणको कामले गति लिएको हो । गोरखा भूकम्पले ढलेको धरहरा पुनःनिर्माणको प्रधानमन्त्री ओलीले नै विधिवत्रुपमा २०७५ पुस १२ गते उद्घाटन गर्नुभएको हो ।

Related News

सम्बन्धित समाचार

    • मुस्लिम युवा क्लबद्वारा स्वास्थ्य सामग्री वितरण

      भवानी अधिकारी भवानी अधिकारी वैशाख २८, २०७८
      स्याङ्जा । स्याङ्जा मुस्लिम युवा क्लबले कोरोना भाइरस संक्रमणबारे सचेतनासहित स्वास्थ्य सामग्री प्रदान गरेको छ । महामारीका रुपमा फैलिएको कोरोना…
    • पर्वतमा आजदेखि निषेधाज्ञा

      Avatar आदर्श समाज सम्वाददाता वैशाख २८, २०७८
      पोखरा । कोरोना संक्रमित बढ्दै गएपछि पर्वतमा जिल्लाभर निषेधाज्ञा जारी भएको छ। जिल्ला कोभिड संकट व्यवस्थापन समितिको सिफारिसमा जिल्ला प्रशासन…
    • आज आमाको मुख हेर्ने पर्व

      Avatar आदर्श समाज सम्वाददाता वैशाख २८, २०७८
      काठमाडौं । प्रत्येक वर्ष वैशाखकृष्ण पक्ष औंसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व मंगलबार देशभर आमालाई…
    • काठमाडौंमा १५ दिन लकडाउन थप 

      Avatar आदर्श समाज सम्वाददाता वैशाख २७, २०७८
      काठमाडौं । कोरोनाभाइरस संक्रमण रोकथामका लागि काठमाडौं जिल्लामा लगाइएको निषेधाज्ञालाई थप १५ दिन लम्ब्याउने निर्णय भएको छ । आज बसेको…
    • निषेधाज्ञामा वृद्धाश्रमको खर्च धान्ने चिन्ता

      Avatar आदर्श समाज सम्वाददाता वैशाख २६, २०७८
      गण्डकी।  विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरसका कारण समाजका हरेक क्षेत्र प्रभावित छन् । यसले ज्येष्ठ नागरिकलाई आश्रय दिँदै आएका…

    hero news full width

    sanil ads

    wordlink ads

    trending post