कोरोनाको डरले पोखरा रंगशाला प्रवेशमा रोक

आदर्श समाज सम्वाददाता
वैशाख ८, २०७८
created by dji camera

तस्वीर: सुदर्शन रञ्जित

पोखरा । कोभिड–१९ संक्रमण बढ्दै गएपछि पोखरा रंगशाला प्रवेशमा रोक लगाइएको छ ।

क्षेत्रीय खेलकुद विकास समिति र जिल्ला खेलकुद विकास समितिले बुधबार संयुक्त विज्ञप्ति जारी गर्दै वैशाख ९ देखि वैशाख मसान्तसम्म पोखरा रंगशालामा सम्पूर्ण खेलकुद प्रशिक्षण, सभा, प्रतियोगिता लगायत गतिविधि सहित प्रवेशमा रोक लगाइएको जनाइएको हो ।

तर अन्तर्राष्ट्रिय सहभागिताका लागि सञ्चालित बन्द प्रशिक्षण र रंगशालाभित्र जारी निर्माण कार्य आवश्यक स्वास्थ्य सुरक्षा मापदण्ड अपनाई जारी हुने छन् ।

विज्ञप्तिमा क्षेत्रीय खेलकुद विकास समितिका कार्यालय प्रमुख लक्ष्मणप्रसाद योगी र जिल्ला खेलकुद विकास समितिका अध्यक्ष प्रकाश बरालले हस्ताक्षर गरेका छन् ।

Related News

सम्बन्धित समाचार

  • प्रतिभामा सिमसार बहस गर्दै विद्यार्थी

    आदर्श समाज सम्वाददाता माघ २८, २०८१
    पोखरा । विश्व सिमसार दिवस अवसरमा पोखराको प्रतिभा माविमा जलवायु परिवर्तन, सिमसार क्षेत्रको संरक्षणलगायत विषयमा जनचेतना जगाउने र युवापुस्ताको ध्यानाकर्षण…
  • जरोटुप्पोमा सम जयन्ती र सम्मान

    आदर्श समाज सम्वाददाता माघ २८, २०८१
    पोखरा । जरोटुप्पो संरक्षण साहित्य समाज नेपालले नाट्यसम्राट बालकृष्ण सम जयन्ती विविध कार्यक्रमका साथ मनाएको छ । संस्थाले सोही समारोहबीच…
  • ‘शैक्षिक क्षेत्रबाट प्रहरी कार्यालय हटाऊ’

    आदर्श समाज सम्वाददाता माघ २८, २०८१
    पोखरा । त्रिभुवन विश्वविद्यालय परिसरमा प्रहरी कार्यालय खडा गरिएपछि त्यसको विरोध भएको छ । नेपाल विद्यार्थी संघ त्रिभुवन विश्वविद्यालय समिति,…
  • सराङकोटमा फागुन १४ देखि महायज्ञ हुने

    आदर्श समाज सम्वाददाता माघ २८, २०८१
    पोखरा । धार्मिक पर्यटन क्षेत्रको रुपमा परिचित सराङकोटमा श्रीमद्भागवत ज्ञानमहायज्ञ एवं धार्मिक पर्यटन महोत्सव तयारी तीव्र पारिएको छ । सराङकोटलाई…
  • नमस्ते हस्पिटल १३ औं वर्षमा

    आदर्श समाज सम्वाददाता माघ २८, २०८१
    पोखरा । नमस्ते हस्पिटल एण्ड रिसर्च सेण्टरले १३ औं स्थापना दिवस सोमबार मनाएको छ । दिवस अवसरमा नवनिर्मित अत्याधुनिक भवनसमेत…

hero news full width