पोखरा स्पोर्टस् अवार्ड: पावरफुल पार्वती

आदर्श समाज सम्वाददाता
वैशाख ८, २०७८
parbati gurung (1)

पोखरा, ८ वैशाख । वर्ष उत्कृष्ट खेलाडी (महिला) विधामा उत्कृष्ट ३ मनोनयनमा परेकी पार्वती गुरुङ तेक्वान्दो खेलाडी हुन् ।

तेक्वान्दोको पुम्से विधाको र्‍याङ्किङमा नेपालकै नम्बर १ पार्वती नेपाली प्रहरीमा आवद्ध छिन् । नेपालबाट एशियन गेम्समा कसैलाई पठाउनु पर्‍याे भने सर्वप्रथम उनकै नाम अग्रपंक्तिमा आउँछ । त्यसैले त पार्वतीलाई नेपालमा भएको १३ औं सागमा दोहोरो पदक दिलायो । साग इतिहासमै पहिलो पटक १३ औं संस्करणदेखि सहभागिता गराइएको पुम्सेअन्तर्गत २४–२९ वर्ष उमेर समूहमा उनले १ स्वर्ण (एकलतर्फ) र १ कास्य (जोडी पुम्सेतर्फ) पदक जितेकी हुन् । सागमा श्रीलंकन खेलाडीलाई फाइनलमा हराउँदै स्वर्ण जित्न सफल पार्वतीको यस्तो खेलाडी हुन्, जो कोरियन एम्बास्डर नेश्नल तेक्वान्दो च्याम्पियनसीप (चौथोदेखि नवौंसम्म) हरेक पटक गोल्ड मेडल आफ्नो नाममा लेखाउँदै आएकी छन् ।

चीनमा हुने एशियन गेम्सको लागि तयारीमा रहेको बताउने पार्वतीको एउटै लक्ष्य छ–ओलम्पिक सहभागिता ।

यस अलावा आठौं राष्ट्रिय खेलकुदमा २ स्वर्ण र १ रजत पनि उनकै नाममा छ । उनले एकल र जोडी पुम्सेतर्फ २ स्वर्ण र टिमतर्फ १ रजत जितेकी हुन् ।

लमजुङको दूधपोखरी गाउँपालिका ३, बेत्यानीकी पार्वती बाबु ओमलाल र आमा कुमारी गुरुङ दम्पतीका ३ छोरीमा उनी कान्छी हुन् । २ दिदीको विहेवारी भैसके पनि २५ वर्षीया पार्वती भने पहिले करियर बनाएपछि मात्र विहे गर्ने सोचमा छिन् ।

९ वर्षको उमेर छँदा चितवनमा उनले पहिलो प्रतियोगिता खेलेको स्मरण गरिन् । क्रमशः खेल्दै जाँदा राष्ट्रिय टिममा परेसँगै पछाडि फर्केर हेर्नुपरेको छैन । राखेप च्याम्पियनसीपमा रजत, प्रथम लुम्बिनी नेश्नल च्याम्पियनसीपमा गोल्ड मेडल विजेता पार्वती १८ औं एशियन गेम्स, जार्कातामा नेपालको तर्पmबाट खेलेकी थिइन् । थाइल्याण्डमा भएको सातौं तिराक ओपन तेक्वान्दो च्याम्पियनसीपमा गोल्ड मेडलधारी पार्वती दर्जनौं खेलकै सिलसिलामा इटाली, मलेसिया, भियतनाम, कोरिया लगायत देश पुगेकी छन् ।

चीनमा हुने एशियन गेम्सको लागि तयारीमा रहेको बताउने पार्वतीको एउटै लक्ष्य छ–ओलम्पिक सहभागिता ।

नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको पाँचौं पोखरा स्पोर्टस् अवार्डमा वर्ष उत्कृष्ट महिलातर्फ मनोनयनमा परेकोमा आफूलाई निकै खुसी लागेको प्रतिक्रिया दिइन् । सो विधामा पार्वतीसहित तेक्वान्दोकै प्रशंसा क्षेत्री र साइक्लिङकी जमुना थापा मनोनयनमा छन् । विजेताले २ लाख सहित अवार्ड प्राप्त गर्ने छन् ।

Related News

सम्बन्धित समाचार

  • लेखनाथ हाफ म्याराथनमा आर्मीका सञ्जय च्याम्पियन

    आदर्श समाज सम्वाददाता वैशाख २, २०८१
    पोखरा । त्रिभुवन आर्मी क्लबका सञ्जय श्रेष्ठले दोस्रो संस्करणको लेखनाथ हाफ म्याराथनको उपाधि जितेका छन् । पोखरा महानगरपालिका खेलकुद विकास…
  • वडा ४ ले जित्यो अध्यक्ष कप फुटबल

    आदर्श समाज सम्वाददाता वैशाख १, २०८१
    लमजुङ । क्ब्होलासोथार गाउँपालिकाद्वारा सञ्चालित प्रथम अध्यक्ष कप खेलकुद प्रतियोगिताको उपाधि पुरूषतर्फ वडा ४ ले हात पारेको छ । गाउँपालिकाको…
  • ढोलाहिटीलाई फुटबल उपाधि

    आदर्श समाज सम्वाददाता चैत्र ३०, २०८०
    पोखरा । ढोलाहिटी फ्रिडमले दोस्रो एबिसी फोर्टी फाइभ प्लस एट ए साइड भेट्रान्स फुटबल प्रतियोगिताको उपाधि रक्षा गरेको छ ।…
  • बुद्ध विशालको फुटसल प्रतियोगिता

    आदर्श समाज सम्वाददाता चैत्र २७, २०८०
    पोखरा । बुद्ध विशाल बजार व्यापारिक एसोसिएसन पोखराले आफ्ना व्यवसायीबीच सातौं आन्तरिक फुटसल प्रतियोगितामा राजेश खाँडको समूह विजयी भयो ।…
  • पोखरामा पहिलो पल्ट मोटरसाइकल रेस, बाम्दीमा यसरी ओइरिए दर्शक

    विजय नेपाल चैत्र २६, २०८०
    पोखरा । पोखरा राइडर्स क्लब आयोजनामा पहिलोपल्ट भएको पोखरा मोटो–इन्डूरो क्रस च्याम्पियनसिप अभूतपूर्व सफलरुपमा सम्पन्न भएको छ । पोखरा २३,…

hero news full width