काठमाडाैं । कोभिड– १९ को सङ्क्रमण दिनदिनै बढ्दै गएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले दैनिक सङ्क्रमित हुनेको सङ्ख्या बढिरहेको जानकारी दिनुभयो ।
उहाँले आज मात्र दुई हजार ३५१ मा सङ्क्रमण देखिएको जानकारी दिनुभयो । हिजो (मङ्गलबार) एक हजार ७३६ जना सङ्क्रमित थपिएका थिए ।
यस्तै गत सोमबार (वैशाख ६ गते) एक हजार २८१, आइतबार (वैशाख ५ गते) एक हजार ९६, शनिबार (वैशाख ४ गते) ८४३, शुक्रबार (वैशाख ३ गते) ९०० जनामा सङ्क्रमण देखिएको थियो । आठ हजार ८८४ नमूनाको पिसिआर परीक्षण गर्दा दुई हजार २२० र ८०३ मा एन्टिजेन टेष्ट गर्दा १३१ मा सङ्क्रमण पुष्टि भएको हो ।
अहिलेसम्म दुई लाख ८९ हजार ७८७ जना सङ्क्रमित भएका छन् । काठमाडौँ उपत्यकामा एक हजार ५१ मा सङ्क्रमण देखिएको छ । उहाँका अनुसार भक्तपुरमा ८४, ललितपुर १८१ र काठमाडौँमा ७८६ जनामा सङ्क्रमण देखिएको छ ।
मन्त्रालयका प्रवक्ता डा गौतमले आज २८७ जना उपचारपछि घर फर्किएका छन् । अहिलेसम्म दुई लाख ७६ हजार ९३ जना निको भई घर फर्किएका छन् । सङ्क्रमण मुक्त हुने दर ९७.३ प्रतिशत रहेको छ ।
अहिलेसम्म सक्रिय सङ्क्रमितको सङ्ख्या १० हजार ५८२ जना संस्थागत आइसोलेशन ८३६ जना र होम आइसोलेशनमा नौ हजार ७४६ जना छन् । यस्तै सङ्क्रमितमध्ये १८० जना सघन उपचार कक्ष ४७ जना भेन्टिलेटरमा उपचार गराइरहनुभएको छ । यस्तै विगत २४ घण्टामा सङ्क्रमणबाट छ जनाको निधन भएको छ ।
अहिलेसम्म तीन हजार ११२ जनाको सङ्क्रमणबाट निधन भएको छ । यस्तै नेपाल–भारतका नौ वटा सीमानाकामा ८०३ जनाको कोरोना भाइरस परीक्षण गर्दा १३१ जनामा सङ्क्रमण देखिएको उहाँले जानकारी दिनुभयो । रासस
Related News
सम्बन्धित समाचार
टेम्पल ट्रि रिसोर्टले बुझायो २ करोड कर
कोरोनाको नयाँ भेरियन्ट : संक्रामक तर घातक कम
कोभिडबाट एकको मृत्यु, १०६ संक्रमित थपिए
कोरोना भाइरसबाट आज एक जनाको निधन
गण्डकीका ३ सहित मुलुकभरका १३ जिल्लामा कोरोनाको शून्य संक्रमण
hero news full width
मुख्य समाचार
‘ब्याक टु नाइन्टिज’ आज, पोखराका चर्चित ७ ब्याण्ड एकै स्टेजमा
बेलायती अधिराजकुमार र अधिराजकुमारीद्वारा परेड अवलोकन
माघ २५, २०८१थण्डरबोल्ट क्वाटरफाइनलमा, संकटा पराजित
माघ २५, २०८१ज्येष्ठ नागरिक समाजबाट सम्मान
माघ २५, २०८१रवि लामिछाने चितवनबाट पनि धरौटीमा रिहा
माघ २४, २०८१काँग्रेस सभापतिहरुको पोखरा भेला : संविधान संशोधनमा जोड, पन्ध्रौं महाधिवेशनको चिन्ता
माघ २४, २०८१