नवलपुरमा तासको खालबाट ७ जना पक्राउ

आदर्श समाज सम्वाददाता
वैशाख ८, २०७८
628999-arrestthinkstockphotos

नवलपुर । पूर्वी नवलपरासीमा तासको खालबाट नवलपुर प्रहरीले ७ जनालाई नियन्त्रणमा लिएको छ ।

पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका ५ बाघखोर निवासी सुशिला भण्डारीको घर तास खेलिरहेको अवस्थामा ३६ हजार ९ सय रुपैयाँ नगद र ३ बुक तास सहित ७ जनालाई नियन्त्रणमा लिएको नवलपुर प्रहरीले जनाएको छ ।

प्रहरीले मध्यबिन्दु – ५ का ६२ बर्षीय यमबहादुर सुर्यवंशी, बर्ष २२ का अर्जुन बोहोरा, बर्ष २७ का रोशन खडाल क्षेत्री, बर्ष ३५ का अम्मर खड्का, बर्ष ३४ का सुरजबहादुर चन्द बोहोरा, बर्ष ४० का विनोदकुमार के.सी. र बर्ष ३७ का दिप्त नारायण महत्तोलाई नियन्त्रणमा लिएको हो ।

Related News

सम्बन्धित समाचार

hero news full width