भालुपहाडमा राष्ट्रिय झण्डा फरर

आदर्श समाज सम्वाददाता
वैशाख ८, २०७८
jhanda

स्याङ्जा । पुतलीबजार नगरपालिका ४ स्थित पर्यटकीय क्षेत्र भालु पहाडमा व्यवस्थित तरिकाले नेपालको राष्ट्रिय झण्डा राखिएको छ ।

स्याङ्जाको पर्यटकीय तथा रमणीय स्थलमा बाँस र काठका लौरामा अव्यवस्थित तरिकाले राखिएको राष्ट्रिय झण्डा भन्दै सामाजिक सञ्जालमा विभिन्न खालका टीका टिप्पणी प्रकाशित भएपछि सांसद भागवतप्रकाश मल्लले नेपालको राष्ट्रिय झण्डा राख्ने व्यवस्था मिलाएका हुन् ।

सांसद मल्लको आर्थिक सहयोगमा नेपाल विद्यार्थी संघ क्षेत्रीय समितिले पहाडको घुम्तीमाथिको अग्लो भागमा मंगलबार झण्डा राखेको छ ।

स्याङ्जाको पहिचान बोकेको स्थलमा झण्डा राखेर आन्तरिक तथा बाह्य पर्यटकलाई स्वागत गर्ने उद्देश्यले उचित व्यवस्थापनसहित नयाँ झण्डा राखिएको गण्डकी प्रदेशसभा सदस्य मल्लले जानकारी दिए ।

कार्यक्रममा क्षेत्र नं. १ का क्षेत्रीय सभापति विज्ञान भण्डारी, त्रिभुवन बहुमुखी क्याम्पस स्ववियु सभापति सुनीलबाबु चापागाईं, नगर सभापति सबिन रेग्मी, विद्यार्थी नेताहरु मौसम गुरुङ र गोपी सुवेदी लगायतले रमणीय स्थल भालु पहाडको उच्च स्थलमा राखिएको राष्ट्रिय झण्डाले त्यसक्षेत्रको सोैन्दर्य र गरिमा बढाउने विश्वास गरे ।

Related News

सम्बन्धित समाचार

hero news full width