पत्रकार महासंघ कास्कीको पदस्थापन

Avatar आदर्श समाज सम्वाददाता
वैशाख ७, २०७८
Journalist Kaski Photo

तस्बिर : सुदर्शन रञ्जित

पोखरा । नेपाल पत्रकार महासंघ, कास्कीको हालै निर्वाचित नयाँ कार्यसमितिको मंगलबार सपथ ग्रहण तथा पदस्थापन गरिएको छ । निर्वाचन समिति संयोजक बद्री विनोद प्रतिकले नव निर्वाचित अध्यक्ष विमला भण्डारीको टोलीसहित राष्ट्रिय र प्रदेश परिषद सदस्यलाई पदस्थापन तथा सपथ ग्रहण गराएका हुन् ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका नवनिर्वाचित अध्यक्ष विपुल पोख्रेलले निर्वाचनको बेला भएको गठबन्धन अन्त्य भएको घोषणा गरेका छन् । निर्वाचनको बेला जुनसुकै विचारमा रहेर चुनाव जितेको भए पनि अब पत्रकार महासंघ सबैको साझा संस्था भएको उनले बताए । पत्रकार महासंघ सबैभन्दा पुरानो नागरिक समाज भएका कारण समाजले धेरै ठूलो अपेक्षा गरेको हुनाले त्यही अनुसार पत्रकारले काम गर्नुपर्ने धारणा राखे । आफ्नो नेतृत्वको महासंघले विधानभन्दा बाहिर गएर कुनै पनि राजनैतिक हस्तक्षेप हुने काम नगर्ने उनले बताए ।

सपथ ग्रहणपछि नव निर्वाचित अध्यक्ष भण्डारीले आफू सधैं पत्रकारको हकहितका काममा लाग्ने बताइन् । आफू यसअघिको समितिमा उपाध्यक्ष भएर काम गरेका कारण धेरै कुराहरु बुझिसकेकाले काम गर्न सहज हुने उनको धारणा छ । पत्रकाहरुको हक हितसँगै व्यक्तिगत सुरुक्षाका लागि काम गर्ने उनले प्रतिबद्धता जनाइन् ।

दीपेन्द्र श्रेष्ठ नेतृत्व पालामा सुरु भएको स्वास्थ्य बिमालाई निरन्तरता दिदैं कल्याणकारी कोषलाई नयाँ समितिले बढाउने काम गर्नेछ । नेपाल पत्रकार महासंघ कास्कीलाई सुचना केन्द्रको रुपमा विकास गर्दै पत्रकारहरुको सहयोगी सामग्रीहरुलाई डिजिटलाइज गर्दै ई–लाइब्ररीको अवधारणा अघि बढाइने उनले प्रतिबद्धता जनाइन् । महासंघको आफ्नै वेबसाइट निर्माण गरेर आवश्यक सन्दर्भ सामग्रीहरु, सिकाइ सामग्रीहरु अनलाइनमा व्यवस्थापन गर्ने पनि उनले बताइन् । सञ्चार गृहहरुसँग समन्वय गरि सबै सञ्चार माध्यमहरुमा लैंगिक समानता र सामाजिक समावेशिकताका लागि काम गर्ने उनको प्रतिबद्धता छन् । आफूसँग पराजित केशवशरण लामिछाने हितैषी भएका कारण उनलाई पनि हरेक बैठक र गतिविधिमा सामेल गराएर अघि बढाउने बताए । लामिछानेका चुनावी घोषणा पत्रलाई पनि समेटेर अगाडि बढ्ने उनको भनाइ थियो ।

पत्रकार महासंघ, कास्कीका अध्यक्षका प्रत्यासी केशवशरण लामिछानेले व्यावसायिक पत्रकारहरुको हकहितका लागि आफू सल्लाकार भएर काम गर्न तयार रहेको बताए । चुनावका समयमा आफ्नो र भण्डारीको १÷१ वटा टिम भए पनि अब हाम्रो टिम भएको उनको भनाइ छ । महिला अध्यक्ष पाएकोमा देशले नै गर्व गर्नुपर्ने उनको धारणा छ ।
पत्रकार महासंघ कास्कीका निवर्तमान अध्यक्ष दीपेन्द्र श्रेष्ठले आफ्नो कार्यकालमा पत्रकारको हकहितका काम गरेको बताए । नयाँ समितिको कार्यकाल चुस्त, दुरुस्त ढंगबाट पत्रकारको हकहितमा काम गर्न सुझाव दिए । आफ्नो तर्फबाट पनि हर क्षेत्रमा सहयोग गर्न तयार रहेको जनाकारी गराए ।

संघको चैत २५ गते सम्पन्न निर्वाचनबाट महासंघ कास्कीको अध्यक्ष विमला भण्डारीसहित उपाध्यक्ष रामप्रसाद तिमिल्सिना, उपाध्यक्ष महिला जमुना शर्मा वर्षा, सचिव माधवप्रसाद बराल विजयी भएका थिए । खुला सचिव श्रीराम सिग्देल, समावेशी सचिव रेमबहादुर बिक, कोषाध्यक्ष कृष्ण दवाडी विजयी भएका छन् । खुला ९ सदस्यहरु धनबहादुर गुरुङ, शिवराज बस्ताकोटी, हरि पन्त, युवराज गुरुङ, कञ्चन थापा, गीता राना, सन्तोष बस्याल, सन्तोष सुवेदी र प्रभु अधिकारी निर्वाचित भए । महिला सदस्य सपना अधिकारी, दलित सदस्य विजय नेपाली, समावेशी सदस्य पदम श्रेष्ठ र सदस्य अल्पसंख्यकमा जैनव खातुन छन् ।

यसैगरी राष्ट्रिय परिषद सदस्यहरु लीना गुरुङ, सुष्माकुमारी पौडेल, राजबहादुर गुरुङ, आरजु विष्ट सल्यानी, कमल पौडेल ‘अथक’, गंगाधर पराजुली र श्यामनाथ कुवँर निर्वाचित भएका थिए । प्रदेश परिषद सदस्यमा दीपा रेग्मी, बालकुमारी पौडेल, साबित्री खनाल, सुरेनकुमार नेपाली, ऋषि बराल, कृष्णराज आचार्य, गिरिधारी पोख्रेल, घनश्याम पाण्डे, टंकराज अधिकारी, दिनानाथ बराल, लक्ष्मीनारायण सापकोटा, प्रकाशचन्द्र सापकोटा, प्रशान्त लामिछाने, वासुदेव पौडेल, भानु पराजुली, राम गुरुङ, लोकन्द्र ढकाल, शिशिर पौडेल, सुदीपराज ढुंगाना, सुरज श्रेष्ठ र हिमनिधि लौडारी निर्वाचित भएका थिए ।

संस्थापक कार्यसमिति र पूर्व अध्यक्षहरु सम्मानित
सपथ ग्रहण तथा पदस्थापन कार्यक्रममा नेपाल पत्रकार महासंघ, कास्कीका संस्थापक कार्यसमितिसहित पूर्व अध्यक्षहरुलाई दीपेन्द्र श्रेष्ठको निवर्तमान कार्यसमितिले सम्मान गरेको हो ।

कास्की शाखाको संस्थापक अध्यक्षमा उमाकान्त शर्मा (२०३४–२०४५) र सचिवमा बद्रीविनोल प्रतीक रहेका थिए । उक्त समितिका सदस्यहरु गजेन्द्र भण्डारी, तिलक आचार्य, लेखराज रेग्मी, केशवराज भण्डारी र बालकृष्ण सुवेदी थिए । उनीहरुलाई सम्मानपत्र, दोसल्ला, खादा र मालाले सम्मान गरिएको थियो ।

यसैगरी पूर्व अध्यक्षहरु माधव शर्मा (२०४५–२०५३), कुशुमकेशव पराजुली (२०५३–२०५६), कृष्णप्रसाद बास्तोला (२०५६–२०५८), पुण्य पौडेल (२०५८–२०६१), रवीन्द्र बास्तोला (२०६१–२०६४), नारायण कार्की (२०६४–२०६७), बद्रिविनोद प्रतीक (२०६७–२०७०) र रामकृष्ण ज्ञवाली (२०७०–२०७३) लाई पनि सम्मान गरिएको हो ।

कार्यक्रममा पत्रकार भएर विभिन्न पदमा नियुक्त पत्रकारलाई पनि सम्मान गरिएको थियो । गंगाधर पराजुली, दुर्गा भण्डारी, कोमलनाथ बराल, नवराज सुवेदी, माधव पनेरु, विमला भण्डारी, त्रिभुवन पौडेल, माधव बराल, एकराज गिरी, एलपी बञ्जारा, रुद्र श्रीष, प्रशान्त लामिछाने र मनोज घर्तीमगरलाई नेपाल सरकारको विभिन्न पदमा नियुक्त भएका कारण सम्मानपत्र, दोसल्ला, खादा र मालाले सम्मान गरेको थियो ।

Related News

सम्बन्धित समाचार

    hero news full width

    sanil ads

    wordlink ads

    trending post