‘धार्मिक विखण्डन ल्याउन खोज्नेलाई चिन्न र चिनाउन आवश्यक ’

आदर्श समाज सम्वाददाता
वैशाख ७, २०७८
bishwo hindu

पोखरा । गण्डकी प्रदेशसभा सदस्य प्रभा कोइरालाले नेपालमा धार्मिक विखण्डन ल्याउने काम नेताहरुले नै गरेकाले ती नेतालाई चिन्न र चिनाउन आवश्यक रहेको बताएकी छन् । विश्वको १ मात्र हिन्दु राष्ट्र नेपालमा विभिन्न धर्म भिœयाएर धार्मिक विखण्डन गराउन खोजिएको भन्दै उनले सतर्क रहनुर्पेमा जोड दिइन् ।

विश्व हिन्दु महासंघ नेपाल कास्कीद्वारा आयोजित भित्तेपात्रो विमोचन तथा पत्रकार सम्मान कार्यक्रममा सांसद कोइरालाले सो कुरा बताएकी हुन् ।

उनले विश्व हिन्दु महासंघ आवश्यकता अनुसार जन्मिएको र सोही बमोजिम अघि बढेको बताइन् । देशको राजनीति निकै तरल भएको र यसले सबै क्षेत्रमा समस्या निम्त्याएको भन्दै उनले देशलाई अनिर्णयको बन्दी बनाउन नहुने बताइन् ।

देशको मूल नीति राम्रो नभए जनताले दुख पाउने भन्दै यसतर्फ सबैले ध्यान पु¥याउनुपर्ने उनले बताइन् । विकृति र विसंगतिविरुद्ध लड्न हरेक पलमा अग्रसर रहन र साथ दिन आफू तयार रहको भन्दै यसमा पत्रकार पनि सचेत हुनुपर्ने आवश्यकता औंल्याइन् ।

स्वतन्त्र पत्रकार महासंघका अध्यक्ष कृष्णप्रसाद बाँस्तोलाले हिन्दु धर्म निकै संकटमा रहेको बताए । हिन्दु धर्ममा बलिप्रथा र छुवाछुत कुसंस्कार छन् भन्दै धर्मको विरोध गर्ने गरिएको उल्लेख गर्दै उनले मानवताको भावले सबै सँगै अघि बढ्नुपर्ने र आरोपलाई चिर्नुपर्नेमा जोड दिए ।

नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष विमला भण्डारीले सनातन धर्म रक्षाका लागि सदैव साथ दिने प्रतिबद्धता जनाइन् । राष्ट्रमा संकट आउँदा र धर्ममाथि प्रहार हुँदा विश्व हिन्दु महासंघ खरो रुपमा उत्रिएको र त्यसमा सञ्चार जगतले साथ दिँदै आएको स्मरण गर्दै अब पनि साथ दिने स्पष्ट पारिन् । उनले राष्ट्र र धर्ममाथि धावा बोल्नेलाई पत्रकार र सञ्चार जगतले पनि नछाड्ने उनको भनाइ थियो ।

गीताञ्जली साहित्य परिवारका अध्यक्ष रामनाथ अधिकारी संगीले सनातन हिन्दु धर्म, संस्कार, संस्कृति र पहिचानलाई बेचिएको आरोप आारोप लगाए । उनले हामी सबै हिन्दुको गर्भबाट जन्मिएको भएकाले हिन्दु धर्म र हिन्दु राष्ट्र रक्षाका लागि सबै एकजुट हुनुपर्नेमा जोड दिए ।

विश्व हिन्दु महासंघ गण्डकी प्रदेशका सचिव भानु भण्डारी क्षितिजले देशमा विकृति र विसंगति अन्त्य भएर जाओस् भन्ने कामना गरे । उनले नेपाली जनता हिन्दु धर्मबाट विचलित हुनु बिडम्बना भएको भन्दै चिन्ता प्रकट गरे ।
विश्व हिन्दु महासंघ नेपालका पूर्व केन्द्रीय उपाध्यक्ष वेधनिधि शर्माले हिन्दुत्वले सबैको रक्षा गरिरहेको अवस्थामा धार्मिक विखण्डन ल्याउन खोजिएको आरोप लगाए । धर्म, संस्कार र संस्कृति नरहे हामी मानवको अस्तित्व नै संकटमा पर्ने भन्दै उनले यसको रक्षाका लागि सबै लाग्नुपर्नेमा जोड दिए ।

पत्रकार सुष्मा पौडेलले जे काम गर्छाैं मनैदेखि गर्नुपर्ने बताउँदै विश्व हिन्दु महासंघको गतिविधिको खुलेर प्रशंसा गरिन् ।
युवा समिति संयोजक युवक लामिछाने धर्ममा संकट आएकाले पत्रकारदेखि सबैले आवाज उठाउनुपर्नेमा जोड दिए । हिन्दु राष्ट्र पुनस्र्थापनाका लागि आफूहरु धार्मिक सहिद बन्न पनि तयार रहेको सुनाए ।

संस्थाका अध्यक्ष पार्वती पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष श्याम श्रेष्ठले स्वागत र महासचिव कमल पौडेलले सञ्चालन गरेका थिए ।

कार्यक्रममा भित्तेपात्रो प्रकाशन समितिका संयोजक अम्मर पुन, सदस्य सपना गिरी, सम्पादक गिरीराज शर्मा, आर्थिक संयोजक उषा माता, विज्ञापन संयोजक हरिराज कोईराला लगायतलाई सम्मान गरिएको थियो । उक्त अवसरमा कलाकार विना पुनले नृत्य प्रस्तुत गरेकी थिईन् ।

Related News

सम्बन्धित समाचार

hero news full width