साइक्लिङमा जमुनाको जमाना

आदर्श समाज सम्वाददाता
वैशाख ७, २०७८
jamuna thapa (15)

पोखरा, ७ वैशाख । पोखराको प्रमुख पर्यटकीय क्षेत्र लेकसाइड पर्यटकको लागि हव हो । विभिन्न देशका पर्यटक ठूलो संख्यामा घुम्न आउँछन् । साइकल वा मोटरसाइकल भाडामा लिएर यहाँको सुन्दरता विचरण गर्न निस्कन्छन् । त्यही दृश्य लेकसाइडमा जन्मेहुर्केकी जमुनाको बालमस्तिष्कमा अमिट छाप बस्यो । साइकल चलाउने रहर पूरा गर्न आमासँग ५ रुपैयाँ मागेर आधा घण्टासम्म भाडामा लिएको साइकल चलाएको उनी सम्झिन्छन् । स्कुल छुट्टि भएपछि जुम्ल्याहा गंगा–जमुना यसैगरी भाडामा साइकल लिएर टाढाटाढासम्म जान थान्थे । बावु रामबहादुर र आमा हरिमाया थापाका जुम्ल्याहा दिदीबहिनीमा गंगा होटल म्यानेज्मेन्ट क्षेत्रमा छिन् भने कान्छी जमुनालाई रहरैरहरमा सिकेको साइकलले नामदाम दुवै दिएको छ ।

१३ औं सागमा डाउन हिल साइक्लिङतर्फ रजत पदक विजेता पोखरेली जमुना बल्ल २३ वर्ष भइन् । तालबाराही माविबाट प्लस टूको अध्ययन पूरा गरेकी उनले खेलकुद क्षेत्रमा केही गर्ने लक्ष्य रहेको बताउँछिन् । जमुुना भन्छिन्, ‘साइक्लिङतर्फ लेडिजको कम सहभागिता छ । नयाँ नयाँको लागि प्रेरणा मिल्ने भएकोले यसैमा लागेकी हुँ ।’

नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको पाँचौं पोखरा स्पोर्टस् अवार्डमा वर्ष उत्कृष्ट महिलातर्फ मनोनयनमा परेकोमा आफूलाई निकै खुसी लागेको उनले बताइन् । भनिन्, ‘उत्कृष्ट ३ को मनोनयनमा पर्नु नै ठूलो कुरा हो । खेल क्षेत्रमा लागेमा अवश्य कदर हुँदो रहेछ भन्ने लागेको छ ।’

गोरखामा हालै आयोजित फस्ट लिगलिग साइक्लिङ म्याराथन (५४ किमी) प्रतियोगितामा जमुनाले भाग लिएकी थिइन् । प्रतियोगिताको समग्रमा नवौं स्थान तथा गण्डकी प्रदेशबाट कास्य पदक विजेता उनी जमुना २०७७ मा आयोजित प्रथम त्रियुगा खेलकुद महोत्सवमा रजत पदक विजेता पनि हुन् । जमुना पौडी खेलाडी पनि हुन् । पोखरामा भएको आठौं राष्ट्रिय ट्राइथलन–२०७५ मा उनले कास्य पदक जितेकी थिइन् । गण्डकी बोर्डिङ स्कुलमा स्वीमिङ लाइफगार्ड तथा कोच उनी लकडाउन अघिसम्म साइकल टुर्स एण्ड ट्राभल्समा काम गर्थिन् ।

माउन्टेन बाइकमै मनाङ र जोमसोमको टूर गरेकी उनी एकै दिनमा ८० किमीसम्म पार गरेको बताउँछिन् ।

Related News

सम्बन्धित समाचार

  • तनहुँको फ्रेन्डसीप क्लबलाई फुटबल उपाधि

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    लमजुङ । ‘सुखी गाउँ’ घलेगाउँमा नयाँ वर्ष अवसरमा सञ्चालित सातौं स्मार्ट भिलेज गोल्ड फुटबल कप उपाधि तनहुँको फ्रेन्डसीप क्लबले जितेको…
  • लेखनाथ हाफ म्याराथनमा आर्मीका सञ्जय च्याम्पियन

    आदर्श समाज सम्वाददाता वैशाख २, २०८१
    पोखरा । त्रिभुवन आर्मी क्लबका सञ्जय श्रेष्ठले दोस्रो संस्करणको लेखनाथ हाफ म्याराथनको उपाधि जितेका छन् । पोखरा महानगरपालिका खेलकुद विकास…
  • वडा ४ ले जित्यो अध्यक्ष कप फुटबल

    आदर्श समाज सम्वाददाता वैशाख १, २०८१
    लमजुङ । क्ब्होलासोथार गाउँपालिकाद्वारा सञ्चालित प्रथम अध्यक्ष कप खेलकुद प्रतियोगिताको उपाधि पुरूषतर्फ वडा ४ ले हात पारेको छ । गाउँपालिकाको…
  • ढोलाहिटीलाई फुटबल उपाधि

    आदर्श समाज सम्वाददाता चैत्र ३०, २०८०
    पोखरा । ढोलाहिटी फ्रिडमले दोस्रो एबिसी फोर्टी फाइभ प्लस एट ए साइड भेट्रान्स फुटबल प्रतियोगिताको उपाधि रक्षा गरेको छ ।…
  • बुद्ध विशालको फुटसल प्रतियोगिता

    आदर्श समाज सम्वाददाता चैत्र २७, २०८०
    पोखरा । बुद्ध विशाल बजार व्यापारिक एसोसिएसन पोखराले आफ्ना व्यवसायीबीच सातौं आन्तरिक फुटसल प्रतियोगितामा राजेश खाँडको समूह विजयी भयो ।…

hero news full width