पृथ्वी सहकारीको आठौं वार्षिकोत्सव

आदर्श समाज सम्वाददाता
वैशाख ७, २०७८
prithivi sahakari

पोखरा । पृथ्वी बहुउद्देश्यीय सहकारी संस्था, पृथ्वीचोकको आठौं वार्षिकोत्सव विविध कार्यक्रम गरी मनाएको छ ।
वार्षिकोत्सव अवसरमा संस्थाले पोखरा चिसाखोला वेद विद्याश्रममा आश्रितलाई खाद्यान्न वितरण गरेको छ भने बटुकलाई भोजन खुवाएको छ ।

यस्तै, नयाँ वर्ष २०७८ अवसरमा क्यालेन्डर विमोचन तथा शुभकामना आदानप्रदान कार्यक्रम समेत ग¥यो ।
जिल्ला सहकारी संघ कास्कीका वरिष्ठ प्रबन्धक भोजराज घिमिरेले सहकारीका ७ सिद्धान्त एवं सञ्चालक र कर्मचारीको एकताबाट नै सहकारीको गरिमा कायम राख्न सकिने बताए । उनले सहकारी अभियान विगतदेखि हालसम्मका आरोह अवरोहबारे प्रष्ट पारे ।

संस्थाका अध्यक्ष किरणप्रसाद बञ्जाराको अध्यक्षतामा भएको कार्यक्रममा संस्थापक अध्यक्ष ओमबहादुर कार्की, सल्लाहकार तेजकुमारी रेग्मी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

संस्थाका प्रबन्धक मोहनप्रसाद अधिकारीले संस्थागत स्थिति र नव वर्ष प्रारम्भका ऐतिहासिक तथ्यबारे प्रष्ट पारे ।
कार्यक्रममा संस्थाका उपाध्यक्ष कृष्णकुमारी मुल्मीले स्वागत तथा सचिव मेघबहादुर शाहीले सञ्चालन गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width