भूमेश्वरमा कर्मफ्लाइटस्को सहयोग

आदर्श समाज सम्वाददाता
वैशाख ७, २०७८
Shree Bhumeshower Basic School News 1 (1)

पोखरा। कर्मफ्लाइटस् फाउन्डेसन नेपालद्वारा कास्कीको अन्नपूर्ण–४, सल्यानस्थित भूमेश्वर आधारभूत विद्यालयलाई बालकक्षा व्यवस्थापनको लागि सामग्री हस्तान्तरण गरिएको छ । संस्थाका कार्यक्रम निर्देशक प्रेमबहादुर कुँवर नेतृत्वको टोलीले सहयोग सामग्री हस्तान्तरण गरेको हो ।

अन्नपूर्ण ४ का वडाध्यक्ष भरतबहादुर केसीले विद्यालयलाई शैक्षिक गुणस्तर वृद्धि गर्न बालशिक्षा कक्षा व्यवस्थापन गर्न सहयोग गरेकोमा धन्यवाद दिए ।

प्रअ तोरणबहादुर केसीले विद्यालयको शैक्षिक विकासमा लगानी गरेको दानको प्रतिफल तत्कालै नदेखिए पनि दीर्घकालीन रुपमा यो समाज तथा राष्ट्र निर्माणमा कोसेढुंगा हुने बताए ।

विद्यालयका पूर्व विद्यार्थी मदन केसीले पोखराका प्याराग्लाइडिङ पाइलटको संस्थाले सामुदायिक विद्यालयको गुणस्तर वृद्धि गर्न गरेको सहयोगको प्रशंसा गरे ।

संस्थाले ३६ हजार रुपैयाँ बराबरको कार्पेट, ३ थान डेस्क, खेल तथा खेलौना सामग्री भिजुअल चार्ट फ्लेक्स प्रिन्ट, २ सेट पानी शुद्धिकरण गर्ने बकेट फिल्टर प्रदान गरिएको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width