माधव नेपालसहित एमालेका ३२ सांसदलाई स्पष्टीकरण

Avatar आदर्श समाज सम्वाददाता
वैशाख ७, २०७८
cpn uml kp oli

काठमाडाैं ।  नेकपा (एमाले)ले पार्टीका नेता माधवकुमार नेपालसहित ३२ सांसदलाई स्पष्टीकरण सोधेको छ ।

पार्टीको आज बसेको केन्द्रीय महाविधेशन आयोजक कमिटीले पार्टी गतिविधि र संसदीय दलको अनुशासन उल्लघङ्न गरेका आरोपमा २७ सङ्घीय सांसद र कर्णाली प्रदेशका पाँच प्रदेशसभा सदस्यलाई स्पष्टीकरण सोधेको हो ।

सबैलाई एमालेको विधान २०४९ (संशोधन २०७१) र राजनीतिक दलसम्बन्धी ऐन २०७३ मा भएको व्यवस्थानुसार स्पष्टीकरण सोधिएको एमाले कार्यालय सचिव ईश्वरी रिजालले जानकारी दिनुभयो ।

पार्टी अध्यक्ष तथा (एमाले) संसदीय दलका नेता केपी शर्मा ओलीले सोध्नुभएको स्पष्टीकरणको पत्र आजै ती नेतालाई पठाइएको छ । उहाँका अनुसार दुई दिनभित्र स्पष्टीकरणको जवाफ पेश गर्न निर्देशन दिइएको छ ।

उहाँहरु सबैलाई एमालेको विधान २०४९ (संशोधन २०७१) को धारा ४९ (क) (१) देखि (७) र (१२) र (१४) मा भएका व्यवस्थाविपरीत अनुशासन उल्लङ्घन गरेकाले विधानको धारा ४९ (ख) (ग) धारा ५० बमोजिम र राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा १(ग) बमोजिम कारवाही किन नगर्ने भनेर स्पष्टीकरण सोधिएको छ ।

उहाँका अनुसार स्पष्टीकरण सोधिनेमा पूर्वप्रधानमन्त्री नेपाल र झलनाथ खनालसहित भीमबहादुर रावल, सुरेन्द्रप्रसाद पाण्डे, घनश्याम भुसाल, योगेशकुमार भट्टराई, प्रकाश ज्वाला, झपट रावल, मेटमणि चौधरी, रामकुमारी झाँक्रीलगायत रहनुभएको छ ।

यसअघि पार्टीले नेता नेपालसहित, रावल, भुसाल र पाण्डेलाई छ महीनाका लागि पार्टीबाट निलम्वन गरेको थियो ।रासस

Related News

सम्बन्धित समाचार

    • विवाहभोज खाएपछि सङ्क्रमण, एकै घरका तीनको मृत्यु   

      Avatar आदर्श समाज सम्वाददाता वैशाख ३१, २०७८
      बलेवा ।  बागलुङको बडिगाड गाउँपालिका–४ मा एकैघरका तीन जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । उनीहरूको एक हप्ताभित्रै मृत्यु भएको…
    • प्रधानमन्त्रीको शपथ आज

      rss रासस वैशाख ३१, २०७८
      काठमाडौं । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले आज पद तथा गोपनियताको शपथ लिनुहुनेछ । प्रतिनिधिसभामा रहेका दुई वा दुईभन्दा बढी…
    • बिहे र पूजापछि गाउँभरि कोरोना

      Avatar श्रीभद्र पौडेल वैशाख ३१, २०७८
      हेमजा । पछिल्लो २ सातायता अन्नपूर्ण गाउँपालिका–५, झोवाङमा बिहे हुने क्रम तीब्र भएसँगै त्यहाँ कोरोना संक्रमण बढेको छ । उक्त गाउँमा…
    • संसदमा अल्पमतमा परेका ओली फेरि प्रधानमन्त्री नियुक्त

      Avatar आदर्श समाज सम्वाददाता वैशाख ३०, २०७८
      पोखरा । संसदबाट विश्वासकाे मत नपाएर पदमुक्त भएका केपी शर्मा ओली फेरि प्रधानमन्त्रीमा नियुक्त भएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको…
    • संस्कृतिकर्मी मेनकाजीलाई पत्नीशोक

      Avatar आदर्श समाज सम्वाददाता वैशाख ३०, २०७८
      पोखरा । संस्कृतिकर्मी मेनकाजी गुरुङलाई पत्नीशोक परेको छ । उनकी पत्नी मीरा गुरुङको कोरोना संक्रमणका कारणका बिहीबार दिउँसो २ बजे…

    hero news full width

    sanil ads

    wordlink ads

    trending post

    ट्रेन्डिङ्ग