पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विविध धर्म संस्कृति मान्ने सम्पूर्ण नेपालीका बीच आपसी सद्भाव, सामाजिक एकता र भातृत्व कायम गर्न चाडपर्वले महत्वपूर्ण भूमिका खेल्दै आएको बताउनुभएको छ ।
नेपालीहरूको महत्वपूर्ण सांस्कृतिक पर्व चैतेदशैँ तथा रामनवमीको अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै उहाँले बहुजातीय, बहुधार्मिक, बहुसांस्कृतिक एवं भौगोलिक विविधताले भरिपूर्ण हाम्रो देश संविधानतः धर्मनिरपेक्ष राष्ट्र घोषणा भएको सन्दर्भमा यस्ता विविधतायुक्त धार्मिक तथा सांस्कृतिक चाडपर्वले राष्ट्रिय एकतालाई अझै प्रगाढ बनाउन महत्वपूर्ण योगदान दिने विश्वास व्यक्त गर्नुभएको हो ।
लोकतान्त्रिक गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता र सामाजिक न्यायसहितको समानुपातिक समावेशी शासन व्यवस्था नेपाली जनताले लामो सङ्घर्षपछि प्राप्त गरेको उपलब्धि भएको शुभकामना सन्देशमा उल्लेख छ ।
कोरोना भाइरसको दोस्रो लहरको सङ्क्रमण पुनः बढिरहेको सन्दर्भमा सम्पूर्ण सरोकारवाला निकाय रोकथाम, नियन्त्रण र उपचारमा पूर्ण क्षमताका साथ अघि बढ्नुको विकल्प नरहेको बताउँदै मुख्यमन्त्री गुरुङले हेलचक्रयाइँ नगरी स्वास्थ्य सुरक्षाका मापदण्डको पूर्णरूपमा पालना गरी सतर्कता अपनाउनु हुनसमेत सबैमा अपिल गर्नुभएको छ ।
गण्डकी प्रदेश सरकारले चैतेदशैँको दिन आज सार्वजनिक बिदा दिने निर्णय गरेको छ । रासस
Related News
सम्बन्धित समाचार
पुम्दीकोटमा दर्शक बढ्ने अपेक्षा
सराङकोट धार्मिक पर्यटकीय क्षेत्रः सञ्चारमन्त्री गुरुङ
पोखराको लभ्ली हिलमा गीता ज्ञानमहायज्ञ सुरु
नेपालमै बन्यो शक्तिशाली नवग्रह मन्दिर, यस्ता छन् विशेषता
सराङकोटमा फागुन १४ देखि महायज्ञ हुने
hero news full width
मुख्य समाचार
बेलुन बिस्फोटले उपप्रधानमन्त्री र मेयर घाइते
पुलिसलाई हराउँदै ब्ल्याक बुल्स च्याम्पियन
फागुन ३, २०८१सफल पोखरा म्याराथनमा दौडियो पोखरा
फागुन ३, २०८१आहारारामा को होला च्याम्पियन ?
फागुन २, २०८१पाेखरामा २० लाख पर्यटक भित्र्याउने लक्ष्य
फागुन १, २०८१पुराना रुख काट्नेलाई कारबाहीको माग
फागुन १, २०८१