पेस्तोलसहित युवक पक्राउ

आदर्श समाज सम्वाददाता
वैशाख ६, २०७८
pestol pakrau

नवलपरासी । पश्चिम नवलपरासीमा १ थान पेस्तोलसहित सोमबार १ युवक पक्राउ परेका छन् । पश्चिम नवलपरासीको सुस्ता गांउँपालिका ५ तरेनी निवासी २२ वर्षीय सुनील भेडिहारलाई रामनगर प्रहरी चौकीले लोड गरेको पेस्तोलसहित पक्राउ गरेको हो ।

नेपाल भारत सीमा क्षेत्र सुस्ता गांउँपालिका ५ रामनगरमा पर्ने ४ नं ठोकरमा भारतबाट नेपालतर्फ आउँदै गरेको अवस्थामा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी नायब उपरीक्षक राजु लामाले जानकारी दिए ।

भारतीय नम्बर प्लेटको युपी ५७ ए जेड ५०१९ नम्बरको मोटरमार्फत भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई प्रहरीले रोकी चेकजाँच गर्ने क्रममा उनी पक्राउ परेका हुन् ।

प्रहरीले उनको साथबाट १ राउन्ड चेम्बर लोड भएका टाइप ५४ जस्तो देखिने म्याग्जिनसहितको पेस्तोल बरामद गरी सार्वजनिक गरेको छ ।

पक्राउ परेका भेडिहारलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width