बैंक तथा वित्तीय संस्थाका कर्मचारीलाई सिफ्टमा काम लगाउन निर्देशन

आदर्श समाज सम्वाददाता
वैशाख ६, २०७८
Nepal-Rastra-Bank

काठमाडौं । कोरोनाको दोस्रो लहर सुरु भएपछि नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई आफ्ना कर्मचारीहरूलाई सिफ्टमा काम गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको छ । कोरोना संक्रमणको जोखिम बढेको भन्दै केन्द्रिय बैंकले बैंकिङ निरन्तरता दिने हिसाबले सिफ्टमा कर्मचारीलाई काम लगाउन निर्देशन दिएको हो ।

राष्ट्र बैंकले सेवालाई सकेसम्म विद्युतीय माध्यमबाट गर्न गराउन बैंकहरूलाई निर्देशन दिएको छ ।

कर्माचारीलाई समूहमा विभाजन गरी समूहबीच प्रत्यक्ष सम्पर्क नहुने गरी काम गराउन, रिमोर्ट एक्सेस, वर्क फ्रम होम, सिफ्टमा काम गराउने लगायतको उपाय अबलम्बन गराउन भनेको छ ।

यस्तै अत्यावश्यक परे मात्रै सेवाग्राही बैकमा आउन आग्रह गर्ने र सेवाग्राहीको भिडभाड नहुने र भौतिक दुरी कायम हुने गरी बैकिङ सेवा दिनुपर्ने व्यवस्था गर्ने भनेको छ सेवाग्राही लाई विद्युतीय माध्यमको प्रयोग गर्न र गराउन प्रोत्साहन गर्न भनेको छ ।

बैठक, गोष्ठी, सेमिनार, तालिमजस्ता कार्य सकेसम्म भर्चुअलमाध्यमबाट गराउन पनि भनेको छ । राष्ट्र बैंकले एटीएम बुथमा सेनिटाइजर एवम् टिस्युपेपरको व्यवस्था गर्न समेत भनेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width