पोखरामा कोरोना संक्रमितको मृत्यु

आदर्श समाज सम्वाददाता
वैशाख ६, २०७८
corona varient

पोखरा। कोभिड–१९ का कारण पोखरामा १ जना पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा पोखरा १५ निवासी ६५ वर्षीय पुरुष हुन् । गत चैत ३१ मा कोरोना पुष्टि भएका उनको वैशाख ५ गते चरक मेमोरियल अस्पतालमा उपचारक्रममा मृत्यु भएको हो । यो सहित गण्डकीमा कोभिड–१९ का कारण मृत्यु हुनेको संख्या २ सय ८ पुगेको प्रदेश स्वास्थ्य निर्देशनालय पोखराका निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिए ।

कोरोनाको दोस्रो लहर सुरु भएसँगै गण्डकी प्रदेशमा पनि कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ । गएको २४ घण्टामा प्रदेशमा ६६ जना संक्रमित थपिएका छन् । यो सहित कुल संक्रमित संख्या १७ हजार २ सय ३१ पुगेको छ । पुगेको छ ।

पोखरामा सोमबार ४५ संक्रमित थपिएका छन् ।

पोखरामा महानगरपालिकामा एकै दिन ४५ जनामा संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालय पोखराका निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिए । संक्रमित हुनेमा ५ र ६ वर्षका बालक पनि छन् ।

क्षयरोग उपचार केन्द्र र लाइफ केयर एन्ड डायग्नोस्टिक प्रालि पोखरामा गरिएको पिसिआर परीक्षणमा थप ४५ जनामा संक्रमण पुष्टि भएको हो । कास्कीमै अन्नपूर्ण गाउँपालिकामा १ जना संक्रमित थपिएका छन् ।

गण्डकीमा गएको २४ घण्टामा २ सय ७ नमुना परीक्षणमा ६६ जनामा संक्रमण देखिएको हो । कास्की बाहेक तनहुँका ६, पर्वतका ४, स्याङ्जाका ४, नवलपुरका २, लमजुङ १, बागलुङ १, गोरखा र म्याग्दीमा १–१ जना संक्रमित भेटिएका छन् ।

हालसम्म गण्डकीमा कुल संक्रमितमध्ये १६ हजार ४ सय ४१ जना निको भएका छन् । गएको २४ घण्टामा २७ निको भए । प्रदेशमा अझै पनि ५ सय ५ जना सक्रिय संक्रमित छन् । होम आइसोलेसनमा ५ सय १३ जना बसिरहेका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width