पाेखरा । गण्डकी प्रदेश सभाकाे विशेष अधिवशेन वैशाख १३ गतेका लागि बाेलाइएकाे छ ।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससहितका दलले मागे अनुसार प्रदेश प्रमुख अमिक शेरचनले १३ गतेका लागि अधिवेशन डाकेका हुन् ।
वैशाख १३ गते दिउँसाे १ बजेका लागि बैठक डाकिएकाे पत्र प्राप्त भएकाे प्रदेश सभा सचिवालय हरिराज पाेखरेलले जानकारी दिए ।
सरकारमाथि नै संकट आइलागेपछि सरकारले वैशाख १ गते रातिबाटै संसदकाे हिउँदे अधिवेशन अन्यका लागि गरेकाे सिफारिसलाई प्रदेश प्रमुखले सदर गरेका थिए ।
लगत्तै वैशाख २ गते नै सरकारविरुद्ध अविश्वासकाे प्रस्ताव दर्ता भएकाे थियाे । जसमा कांग्रेसहित ३ दलका सांसदकाे हस्ताक्षार छ । राजमाेले भने त्यसमा हस्ताक्षर गरेकाे छैन ।
ती दलहरुले वैशाख २ गते नै विशेष अधिवेशन माग्दै प्रदेश प्रमुखकाे समावेदन दर्ता गराएका थिए ।
भाेलिपल्टै काठमाडाैं हानिएका प्रदेश प्रमुख साेमबार पोखरा फर्के पछि प्रदेश प्रमुख शेरचनले अधिवेशन डाकेका हुन् ।
विशेष अधिवेशन डाकेसँग अब गण्डकीमा गुरुङ सरकारकाे आयु छोटिएको आँकलन गर्न थालिएको छ ।
Related News
सम्बन्धित समाचार
१३ वटा मुद्दा चलेका एक युवा पोखराबाट अटोमेटिक पेस्तोलसहित पक्राउ
कतारी अमिर स्वेदश फिर्ता : पोखरा–कतार उडान माग
मानवअधिकार आयोगसमक्ष द्वन्द्वपीडित समुदायको ज्ञापन
कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो
सहारा एकेडेमीमा यु–१४ फुटबल प्रशिक्षण
hero news full width
मुख्य समाचार
मनिपालमा अत्याधुनिक एमआरआई मेसिन
गण्डकीमा डायलाइसिसका लागि अब पालो कुर्न नपर्ने
वैशाख १२, २०८१स्वदेश फर्किए कतारी अमिर
वैशाख १२, २०८१कतारका अमिरको भ्रमणसम्बन्धी खबर प्राथमिकतामा, विपिनको रिहाइ ‘मुख्य विषय’
वैशाख १२, २०८१रोजगार खोज्दै मेलामा
वैशाख १२, २०८१कतारी अमिरलाई ‘रुद्रकली’ र ‘खगेन्द्रप्रसाद’ !
वैशाख ११, २०८१