जसपाका नेता कार्यकर्ताको मुद्दा फिर्ता, रेशम चाैधरीकाे मुद्दा के भयाे हाेला ?

आदर्श समाज सम्वाददाता
वैशाख ६, २०७८
cabinet meeting

मन्त्रिपरिषदकाे बैठक । तस्वीरः सूर्य थापा

पोखरा । सरकारले मधेस तथा थरुहट–थारुवान आन्दोलनका क्रममा संलग्न भएका राजपा नेता कार्यकर्तामाथि लागेको मुद्दा फिर्ता लिने निर्णय गरेको छ । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले जसपाका नेता कार्यकर्तामाथि लागेको मुद्दा फिर्ता लिने निर्णय गरेको हाे ।

केही दिनअघि जसपाको माग पूरा गर्न सन्दर्भमा प्रधानमन्त्री केपी शर्मा ओली र जसपाका नेता महन्थ ठाकुर लगायतबीच भएको छलफलका क्रममा ओलीले जसपाका नेता कार्यकर्ताविरुद्ध रहेका मुद्दा फिर्ता लिन सहमति भएको थियो ।

सोही अनुसार जसपाले विभिन्न २४ किसिमका मुद्दामा २०८ जनाको मुद्दा फिर्ता लिन आग्रह गर्दै गृह मन्त्रालयमा फाइल पेश गरेको थियो । त्यसमा सांसद रेशम चाैधरीकाे नाम पनि छ । तर रेशम चाैधरीकाे मुद्दा फिर्ता भएको हाे कि हाेइन भन्ने बारेमा जानकारी आइसकेकाे छैन ।

Related News

सम्बन्धित समाचार

hero news full width