मन्त्रिपरिषद् बैठक बस्दै, बन्द होलान् त मुलुकभरका विद्यालय

आदर्श समाज सम्वाददाता
वैशाख ६, २०७८
RSS_Cabinet_Meeting_2076-12-24(2)

फाइल फाेटाे

पोखरा । कोरोना नियन्त्रण र समसामयिक वियषका बारेमा निर्णय गर्न  मन्त्रिपरिषद् बैठक बालुवाटारमा बस्दै छ।

आजको मन्त्रिपरिषद् बैठकले कोरोना संक्रमण रोकथामबारे महत्वपूर्ण निर्णय लिने सम्भावना रहेकाे मन्त्रीहरुले बताएका छन् ।

एक मन्त्रीका अनुसार संक्रमणबाट बालबालिकालाई जोगाउन विद्यालय बन्दको निर्णय हुने सम्भावना प्रवल छ।

यसअघि सिसिएमसीले सहरी क्षेत्र जहाँ कोरोनाको जोखिम छ, त्यहाँका विद्यालय १ महिना बन्द गर्न सिफारिस गरिसकेको छ ।

सोमबार ११ बजे एमालेको केन्द्रीय समिति बैठक भएकोले प्रधानमन्त्रीले त्यसअघि नै मन्त्रिपरिषद् बैठक बोलाएका हुन्।

Related News

सम्बन्धित समाचार

hero news full width