आज र भोलि देशभर भिटामिन ए खुवाइँदै

आदर्श समाज सम्वाददाता
वैशाख ६, २०७८
vitamin a

पोखरा । सरकारले देशभर आज र भोलि राष्ट्रिय भिटामिन कार्यक्रमअन्तर्गत बालबालिकालाई ‘ए’ खुवाउँदैछ।

दोस्रो चरणअन्तरर्गत वैशाख ६ र ७ मा राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम सञ्चालन गर्न लागिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यस अभियानअन्तर्गत १ देखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि, ६ देखि ५९ महिनाका बालबालिकालाई भिटामिन ए क्याप्सुल दिइनेछ।

६ देखि २३ महिनाका बालबालिकालाई बालभिटा कार्यक्रम लागु भएका जिल्लामा पनि बहुसुक्ष्म पोषक तत्व वितरण गरिदैछ। यसअघि मंसिर ११ र १२ गते भिटामिन ए र जुकाको औषधि खुवाइएको थियो।

Related News

सम्बन्धित समाचार

hero news full width