सुन्तला जोन स्याङ्जा संयोजकमा तारा अर्याल

आदर्श समाज सम्वाददाता
वैशाख ५, २०७८
suntala

स्याङ्जा। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइ सुन्तला सुपरजोन स्याङ्जाको सञ्चालन समिति अध्यक्षमा भीरकोट नगरपालिकाका सुन्तला व्यवसायी तारा अर्याल संयोजकमा चयन भएका छन् ।

हालै सम्पन्न अधिवेशनले अर्यालको संयोजकमा ९ सदस्सीय समिति चयन गरेको हो ।

सदस्यमा तिरमाया गुरुङ, अन्नतराज मरासिनी, भीमा जिटी, नवीन आले, सुरेन्द्र रेग्मी, यामबहादुर केसी, ज्ञानेश्वर चापागार्इं र हिमकला शर्मा अर्याल चयन भए ।

समितिले परियोजनासँग सहकार्य गर्दै सुन्तला सुपरजोन लागु भएका पालिकामा सुन्तला व्यवसायीको हकहित र प्रबद्र्धनमा काम गर्दै आएको छ ।

समितिले सुन्तला व्यवसायीको क्षमता अभिवृद्धिमा समेत टेवा पु¥याउँदै किसानको वृत्ति विकासमा सहयोग गर्दै आएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width