पर्यटन प्रवद्र्धनमा युनाइटेड क्लब

आदर्श समाज सम्वाददाता
वैशाख ५, २०७८
united club day 5 news photo

पोखरा। युनाइटेड क्लबको साताव्यापी कार्यक्रम अन्तर्गत पाँचौ दिन पर्यटकीय क्षेत्र बैदाममा पहिचान झल्किने होडिङ बोर्ड राखिएको छ । सो बोर्डको क्लबका संस्थापक अध्यक्ष हिमालय बख्रेलले उद्घाटन गरे ।

उनले पोखरा आफैमा पर्यटकीय क्षेत्र भए तापनि पोखराभित्र गुमनाम पर्यटकीय क्षेत्र समेत होडिङ बोर्ड मार्फत प्रचार गर्नुपर्ने बताए । उनले आगामी दिनमा महानगरले पर्यटकीय क्षेत्रको पहिचान गरी हरेक वडा कार्यालय वा सम्बन्धित ठाउँमा पर्यटकीय गन्तव्य झल्किने बोर्ड राख्न पहल गर्नुपर्नेमा जोड दिए ।

क्लबका पर्यटन उपसमिति सल्लाहकार अनिल थापाले पर्यटन प्रवद्र्धनका लागि पर्यटकीय क्षेत्रमा काम गर्ने संघसंस्थाले समेत ध्यान दिन जरुरी रहेको बताए ।

क्लब अध्यक्ष राजु श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा क्लबका निवर्तमान अध्यक्ष सुकबहादुर गुरुङ, महासचिव शान्तबहादुर थापा, कोषाध्यक्ष सूर्यबहादुर बानियाँ, सचिव दिनेश सुनार, सदस्य जयराम आचार्य, विष्णु गुरुङ, सन्तोष कार्की, सीमा गुरुङ, कार्यालय सचिव रेजिना क्षेत्री लगायतले बोलेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width